Loading... आजः ४ जेष्ठ २०८१, शुक्रबार

प्रेस चौतारी नेपाल कालीकोटको अध्यक्षमा सर्वसम्मत सिम्खाडा चयन

कालीकोट – नेपाल कम्युनिष्ट पार्टी नेकपा एमाले निकट पत्रकारहरुको संगठन प्रेस चौतारी नेपाल कालीकोटको अध्यक्षमा पत्रकार बिश्वनाथ सिम्खाडा सर्बसम्वत चयन भएका छन्।
बुधबार आयोजित पाँचौ जिल्ला अधिबेशनबाट सिम्खाडाको नेतृत्वमा ३१ सदस्यीय कार्यसमिति सर्वसम्वत चुनेको हो।
अधिबेशनबाट उपाध्यक्ष रमेश सुनार, महिला उपाध्यक्ष पबित्रा जैसी, सचिवमा डिल्ली प्रसाद चौलागाईँ, सहसचिवद्धयमा मानबहादुर बिश्वकर्मा र ललित बिष्ट सर्वसम्वत निर्वाचित भएका छन्।
अधिबेशनको उद्घाटन सत्रमा नेकपा एकालेका केन्द्रीय सदस्य तथा पार्टी जिल्ला इन्चार्ज नेगिन्द्र शाही नेशनलको प्रमुख आतिथ्यता, बिशेष अतिथि नेकपा एमाले कालीकोटका अध्यक्ष जसीप्रसाद पाण्डे र प्रेस चौतारी नेपालका केन्द्रीय सदस्य कालीबहादुर मल्लको बिशेष आतिथ्यतामा सम्पन्न भएको हो ।
साथै उक्त पाँचौ जिल्ला अधिबेशनबाट नेपाल पत्रकार महासंघ कालीकोटका पूर्व अध्यक्ष तुलाराम पाण्डे र प्रेस चतौतारी नेपालका केन्द्रीय सदस्य प्रेमराज सिम्खडालाई सम्मान गरिएको हो ।
कार्यक्रममा सहित नवराज शर्मा बसन्तका परिवार छोरी गौरा शर्मालाई पत्रकारीतामा पुर्याएको योगदानको कदर गर्दै सम्मान गरिको थियो ।