Loading... आजः ४ जेष्ठ २०८१, शुक्रबार

चुनावी मिशनमा गाँऊ पसे काँग्रेस नेता शाही : ३० बर्षकाे बदला आगामी निर्बनचनमा लिने उद्घाेष

कालिकाेट । नेपाली काँग्रेसका प्रभावशाली युवा नेता भुपेन्द्रजंग शाही चुनावी रणनीतिमा गाँऊ पसेका छन् । आगामी बैशाख ३० गते सरकारले घाेषणा गरेकाे स्थानिय तहकाे निर्बाचनकाे तयारी तथा नेपाली काँग्रेस केन्द्रीय समितिले तय गरेकाे घर घर जाँऊ, काँग्रेस जिताँऊ अभियान सफल बनाउन उनी गाँऊ पसेका हुन् ।
नेपाली काँग्रेस कमलिकाेट प्रदेश सभा ख ले आयाेजना गरेकाे स्थानिय चुनावी रणनीति बिषयक अन्तरक्रिया कार्यक्रममा बिहिबार सम्बाेधन गर्दै नेपाली काँग्रेस नेता भुपेन्द्रजंग शाहीले भने, समृद्विका सपना बाँडेर निर्बाचन जितेका कम्युनिष्टहरुले चुनाव जितेर के गरे ? आफ्नाे सरकार बनेपछि सर्बहाराका घर बनाउने सपना बाँडेर आफ्नाे घर घरेडी बाहेक अरु के गरे ? यसकाे समीक्षा हुन्छ । कालिकाेटबासीले समीक्षा गर्छन ! अब चुनाव काँग्रेसले हैन कम्युनिष्टले हार्छन । उनले थपे, ३० बर्ष कालिकाेटमा कम्युनिष्टले जितेर कालिकाेटवासीले के पाए ? यसकाे बदला जनताले लिन्छन । उनले काँग्रेसले याे आउने चुनाव जितेर जनताले बिकास र समृद्विकाे अनुभूति गर्ने दाबी गरे । हामी कालिकाेटकाे विकास र समृद्विकाे अभियानमा निरन्तर रहने उनले बताए । उनले सबै तहकाे जिम्मेबारीमा रहेका सम्पुर्ण नेता तथा कार्यकर्ताहरुलाई घर घर जाँऊ, काँग्रेस जिताँऊ अभियान सफल बनाउदै उत्साहका साथ स्थानिय तहकाे निर्बाचनकाे तयारीमा जुट्न आग्रह गरे । कार्यक्रममा नेपाली काँग्रेसका नेताहरु आनन्द शाही, टेकबहादुर बाेगटी, बिस्नप्रसाद न्याैपाने, नरेश बम, भीम शाही, वीर फर्साल, प्रजापती संज्याल, दमनराज शाही, धर्मराज शाही, प्रमाेद शाही लगायतका नेताहरुले आफ्नाे धारणा राखेका थिए ।