Loading... आजः ४ जेष्ठ २०८१, शुक्रबार

नेपाल राष्ट्रिय उद्याेग ब्यपार संगठन कालिकाेटकाे अध्यक्षमा बुढा, ईन्चार्जमा शाही

कालिकाेट : नेपाल राष्ट्रिय उधाेग ब्यापार संगठन कालिकाेटकाे अध्यक्षमा नवराज बुढा र ईन्चार्जमा दिनेश शाही चयन भएका छन् । शनिबार भएकाे भेलाले अध्यक्षमा बुढा र ईन्चार्जमा शाहीलाई सर्बसहमत रुपमा चयन गरेकाे हाे ।
बुढा र शाही कालिकाेट उद्याेग बाणिज्य संघका सदस्य एवं जिल्लाका फल युवा व्यवसायी हुन् । भेलाले नेपाल राष्ट्रिय उद्याेग ब्यपार संगठन कालिकाेटकाे उपाध्यमा द्वय संखलाल शर्मा, देवहरी संज्याल, सचिवमा टेकेन्द्र विक, सह-सचिवमा राजबहादुर शाही, काेषाध्यक्षमा कास्मिरा आचार्य लगायत ३१ सदस्य कमिटि चयन गरेकाे छ ।
नवनिर्बाचित अध्यक्ष बुढाले कालिकाेटमा व्यपार व्यवसाय गरि जीवीकाेपार्जन गर्ने सबै व्यवसायीहरुकाे हितमा आफुहरुले काम गर्ने बताए ।