Loading... आजः ६ जेष्ठ २०८१, आईतवार

मान्छेको आचरण सफा भए भ्रष्टाचार आफै रोकिने : अख्तियार आयुक्त चन्द

 कालीकोट– अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त जयबहादुर चन्दले भ्रष्टचार गर्न हुदैन भन्ने शन्देश दिन कर्णालीका जिल्ला जिल्लामा आएको बताएका छन । विहिवार सदरमुकाम मान्ममा आयोजित अख्तियार दुरुपयोग अनुसन्धान आयोगले संचालन गरेको जिल्ला अस्तरीय अन्तरक्रिया कार्यक्रममा आयुक्त चन्दले यस्तो बताएका हुन ।

मान्छेको आचरण सफा भए भ्रष्टाचार आफै रोकिने बताएका छन् । अहिले जति पनि ठाउँमा भ्रष्टाचार भइरहेकाले यो भ्रष्टाचारलाई रोक्न सवै लाग्नुपर्ने बताए । हाम्रो पुर्खाले भोगेको अन्यायले अहिले हामीले दुख पाइरहेकाले हामीले अन्यायको विरुद्धमा बोल्नुपर्ने समय आएको बताएका हुन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय सुर्खेतको आयोजनामा कालीकोटमा भएको अन्तक्रिया कार्यक्रम बोल्दै प्रमुख आयुक्त चन्दले अख्तियारको अनुसन्धान लामो समयसम्म रहिरहने भएकाले गलत काम गर्ने पक्कै पनि कानुनको कठघेरामा आउने बताए । उनले तपाई बोल्नुस लेख्नुस र प्रमाण दिनुस अख्तियार कार्वाही गर्छ भन्दै चन्दले कालीकोटका गलत गर्नेको प्रमाण दिन आग्रह गरे । सबुत प्रमाणका आधारमा अहिलेपनि आयोगले भ्रष्टाचारीलाई कार्वाही गर्दै आएको चन्दको भनाई छ ।

हामीले देखेको सुनेको कुरा बाहिर नआउदा देशमा भ्रष्टाचारी र दुष्ट मान्छेको जन्म भएको आयुक्तले बताए । सुर्खेतदेखि कालीकोट सम्मको सडक यदि २ लेनको हुने र पिच हुने हो भने ३ घण्टाको बाटो हो अहिले सुर्खेतबाट कालीकोट आउन ८ घण्टा लाग्छ के यहाँ भ्रष्टाचार भएको छैन चन्दले प्रश्न गरे ? अन्तरक्रिया कार्यक्रममा जिल्लाको समसामयिक विषयमा नेपाली काँग्रेसका उपसभापति मिनबहादुर बोगटी, नेमकिपाका जिल्ला अध्यक्ष खड्गराज शाही, पत्रकार पुष्पराज भट्टराई बार यशोशियसनका अध्यक्ष दमनबहादुर बम लगायतले प्रश्न गरेका थिए ।

भ्रष्चारले जिल्ला डुबिसकेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीलाई कालिकोट बासिहरुले गुनासो गरेका छन । विहिवार सदरमुकाम मान्ममा आयोजित अख्तियार दुरुपयोग अनुसन्धान आयोगले संचालन गरेको जिल्ला अस्तरीय अनतरक्र्यिा कार्यक्रममा आयोगका समक्क्ष यस्तो गुनासो राखेका थिए ।

बढिजसो स्थानिय तहमा भ्रष्टचार सिमा नाघिसक्यो । अख्तियारले कार्वाही नगरेको भन्दै गुनासो राखेका छन । कालिकोट जिल्लाामा दुई वर्षको समयमा २ सय २८ वटा स्थानिय तहसम्बन्धित उजुरी परेको भएपनी अहिले सम्म यसको छिनोफनो हुन नसकेको आरोप लगाएका छन । बोल्ने अधिकांस सहभागिहरुले बढिजसो स्थापिनय तहमा अनियमितता देखिएको सुनिएको भएतापनी आरोपितहरुलाई कार्वाही हुन नसकेको दुखेसो पोखेका छन ।