Loading... आजः ६ जेष्ठ २०८१, आईतवार

पाँच वर्षको तलब वडाध्यक्ष विष्टले विद्यालयलाई सहयाेग

बझाङ – पृथ्वी नगरपालिका १० का वडाध्यक्ष दलबहादुर विष्टले आफ्नो पाँच वर्षको तलब एक विद्यालयलाई दिएका छन । आज शुक्रवार एक कार्यक्रमकाबीच विष्टले आफ्नो पाँच वर्षको तलब सत्यवादी उच्च मावि भोजपुरमा विद्यार्थीलाई छात्रवृत्तिका लागि अक्षय कोष स्थापना गर्न दिएका हुन ।

उहाँले २०७६ भदौ २१ गते आफ्नो तलब, भत्ता सबै सत्यवादी उच्च माविलाई उपलब्ध गराउने बताएका थिए । वडाध्यक्ष विष्टले आफ्नो तलब, भत्ता र थप दुई लाख गरी १५ लाख रुपैयाँको अक्षय कोष स्थापना गर्न रकम उपलब्ध गराएका हुन । उहाँले त्यो रकम विद्यालयका प्रधानाध्यापक तथा विद्यालय व्यवस्थापन समितिका अध्यक्षलाई हस्तान्तरण गरेका छन।

आफूले कक्षा ६ देखि १० सम्म छात्रवृत्ति पाएर नै पढेको बताउँदै विष्टले सबैका छोराछोरी विद्यालय पढ्न नसक्ने भएकाले छात्रवृत्तिले ठूलो महत्त्व रहेको बताए । सत्यवादी उच्च माविका प्रधानाध्यापक रामदत्त उपाध्यायले अध्यक्ष विष्टलाई धन्यवाद दिए । विष्ट नेपाली कांग्रेसबाट स्थानीय तहको चुनावमा अध्यक्ष पदमा निर्वाचित भएका थिए ।