Loading... आजः ६ जेष्ठ २०८१, आईतवार

मान्ममा खानेपानीकाे समस्या,पाइप काटेर वडा कार्यालय

कालिकोट  जिल्लाकाे सदरमुकाम मान्मको खानेपानीमा पहुँच वालाहरुको हालि मुहाली भएपछी वजार वासिहरुले खानेपानीका पाइप काटेर वडा नम्बर १ को वडा कार्यालयमा वुझाएका छन्।
पहुँचवालाहरुले खानेपानीको ट्याङकीबाट पाइप नजोडेर सिधै चोरी लाइन घरघरमा ल्याएर वजारका धाराहरुमा पानी नआएपछी बजारवासीले निरन्तर जोडिएका चोरिका खानेपानीका पाइपहरु काटेर वडा नम्बर १ को वडा कार्यालयमा वुझाएका हुन् ।

चोरी गरेर घरमा निरन्तर पानीका धारा जोडिएका लाइनहरुले गर्दा वजारका धाराहरुमा पानी नआउने समस्या वषौँदेखी रहेकाले पाइप काटेर वडा कार्यालयमा वुझाइएको बजार बासिकाे भनाई छ ।

नागरिकको मौलिक अधिकार भित्ररहेको खानेपानी खान पाउन भनी पटक पटक प्रशासन, नगरपालिका र खानेपानीलाई ध्यानाकर्षण गर्दापनी धारामा पानी आउन नसकेको स्थानियले जनाए ।