Loading... आजः १४ आश्विन २०७९, शुक्रबार

समादबादी निकट नेपाल खेलकुद महासंघको अध्यक्षमा बिष्ट

कालीकोट -नेकपा एकीकृत समाजादी निकट नेपाल खेलकुद महासंघ कालीकोटको अध्यक्षमा सुमन बिष्ट चयन भएका छन्। चैत १६ गतेको निर्णय अनुसार ५१ सदस्यीय कार्यसमितिले बिष्टलाई चयन गरेको हो।
जसमा अध्यक्ष सुमन बिष्ट, उपाध्यक्षमा रमेश शाही, नमराज अधिकारी, रेमेश ऐडी, सचिवमा धिरज शाही, उपसचिवमा दिपक शाही, रमेश बिक, निरक सिंह, देबेन्द्र बोगटी र कोषाध्यक्षमा डिलु कुमारी शाही सहित ४१ कार्य समिति समेत गठन गरिएको छ।
खेलकुद क्षेत्रलाई अग्रसर गर्दै थप मर्यादीत बनाउन नयाँ कार्य समिति लागि पर्ने महासंघका अध्यक्ष बिष्टले जानकारी दिए।