Loading... आजः १४ आश्विन २०७९, शुक्रबार

शुभकालिका गाउँपालिका नागरिक समाज, प्रहरी एवम् म्यादि प्रहरि बिच अन्तरक्रिया सम्पन्न

कालिकाेट-कालिकाेट जिल्लाकाे शुभकालिका गाउँपालिकामा नागरिक समाज र नेपाल प्रहरी एवम् म्यादि प्रहरि बिच अन्तरक्रिया कार्यक्रम सम्पन्न भएकाे छ । बैशाख ३० गते हुने स्थानिय तह निर्वाचनमा गर्न हुने र नहुने कार्यमा जाेड दिदै सुरक्षा घेरा कडा बनाउने र मतदान केन्द्रमा प्रहरि र म्यादि प्रहरिकाे भुमिका के कस्ताे रहन्छ भन्ने विषयक कार्यक्रम सम्पन्न भएकाे हाे ।

बैशाख ३० गते हुने निर्वाचनमा बालबालिका, जेष्ठ नागरिक तथा गर्भवतीलाई कसरी सुरक्षित मतदान गराउन सुरक्षा कसरि दिने विषयमा परियाेजना संयाेजक प्रकाश शाहीले बताए । उनले भने, स्थानिय तहकाे चुनावि मतदान केन्द बालबालिका लाई प्रयाेग नहाेस बालबालिका आएकाे बेला कस्ताे व्यवहार भाषा बाेल्नु र निर्बाचन आचारसंहिता बारे जानकार हुनु पर्ने संयाेजक शाहिले प्रहरी तथा म्यादि प्रहरीलाई जानकारि दिएका छन् ।

आगामि निर्वाचनमा शान्त, मर्यादित र भयरहित बनाउन के कस्ताे भुमिका रहने उनले जानकारि गराए ।