भन्सार विभागमा एक महिनादेखि थन्कियो ९९७० बोरा मल

काठमाडाैं–किसानले आवश्यक्ताअनुसार मल नपाइरहँदा भन्सार कार्यालयको गोदाममा १ महिनादेखि ९ हजार ९७० बोरा मल थन्किएको छ । कृषि सामाग्री कम्पनी लिमिटेडले ल्याएको मल विगत १ महिनादेखि जाँचपास नै नभई थन्किएको हो ।
भन्सार विभागका अनुसार विगत १ महिना अघि भन्सार कार्यालयमा आइपुगेको मल जाँचपास नै भएको छैन । तर, यही समय असारे खेतीका लागि किसान रासायनिक मलको अभाव खेपिरहेका छन् ।
ई-कर्णाली खबर
२६ जेष्ठ २०७९, बिहीबार ११:१५