Loading... आजः १३ चैत्र २०८०, मंगलवार

रास्कोटमा लक्षित समुहहरुलाई धुवारहित सुधारिएको चुलो वितरण

लिलाराज संज्याल

कालिकोट : जिल्ला रास्कोट नगरपालिकामा दलित र बिपन्न परिवारहरुलाई धुवारहित सुधारिएको चुलो वितरण गरेको छ । जलवायु परिवर्तन न्युनिकरण गर्न तथा बालबालिका र महिलाको स्वास्थ्यमा सुधार ल्याउन विपन्न तथा दलित परिवारलाई धुवा रहित सुधारीएको चुलो वितरण गरिएको हो ।


रास्कोट नगरपालिका र यूनिसेफको संयुक्त सहयोगमा नगरका दुई हजार घरधुरिलाई दुई हजार धुवारहित सुधारिएको चुलो बितरण गरेको नगरप्रमुख धर्मराज शाहीले बताए । उनले भने , हामिले पहिलो प्रथमिकतामा दलित र बिपन्न परिवारलाई पहिचान गरि यो कायृ थालनी गरेका छौँ । यस्तो किसिमको चुलोले वनजंगल जोगिनुका साथै जलवायु परिवर्तन न्युनिकरण हुने नगरप्रमुख शाहीले बताए ।

कार्यक्रममा सभाध्यक्ष मन तिरुवा, प्रमुख अथिती नगरप्रमुख धर्मराज शाही, विशेष अथिती नगर उपप्रमुख मनिराज बराल लगाएत विभिन्न जनप्रतिनीधी तथा कर्मचारीको उपस्थिती रहेको थियो ।