Loading... आजः १६ चैत्र २०८०, शुक्रबार

कालिकाेटकाे सान्नीत्रिबेणीले ल्यायाे ४० कराेड बजेट

कालिकाेट : जिल्लाकाे पलाँता गाउपालिकाले ४० कराेटकाे बजेट, नीति तथा कार्यक्रम ल्याएकाे छ । सान्नीत्रिबेणी गाउपालिका अध्यक्ष माेहनबहादुर केसीकाे अध्यक्षतामा भएकाे गाउसभाबाट आगामी आर्थिक बर्षका लागि ४० करोड १५ लाख ४० हजार बजेट सार्बजानिक गरिएकाे हाे ।

समृद्व पालिका निर्माणका लागि शिक्षा, स्वास्थ्य, यातायात, बिद्युत, राेजगारी तथा उद्यमशीलता लगायतका क्षेत्रलाई विशेष प्राथमिक्ता दिएकाे छ । सान्नीत्रिबेणी गाउपालिका उपाध्यक्ष पार्बति सिंहले आगामी आर्थिक बर्षकाे नीति तथा कार्यक्रममा शुसासन र विकासलाई प्राथमिक्ता दिएकाे बताईन् । उनले जनताकाे आधारभुत आबश्यकता र समृद्विकाे सपना पूरा गर्ने गरि पालिकाले आफ्ना नीतिहरु निर्माण गरेकाे बताईन् ।

सान्नीत्रिबेणी गाउपालिका अध्यक्ष केसीले यश पालिकाबासीकाे थाप्लाेमा भारी बाेक्नै पर्ने बाध्यतालाई अन्त्य गर्न सडकलाई पहिलाे प्राथमिक्ता दिएकाे बताए । उनले आफ्नाे कार्यकालमा सबै गाउमा यातायात र पुर्बाधार विकास गरी जनताकाे जीवनस्तरमा सुधार गर्ने अठाेट रहेकाे बताए । उनले भने, म जनताकाे बलमा स्वतन्त्र जितेर पालिकाकाे नेतृत्वमा आएकाे हाे । मैले हरेक काम जनताकाे भावना अनुसार गर्छु ।