मोड्लिङमा उदाउदै ईब्सल
कालिकोट : जिल्लाको पचालझरना गाँउपालिका वडा नं. ६ की ईब्सल संज्याल मोड्लिङमा व्यस्त छिन् । अभिनयमै भबिश्य बनाउछु भनेर दाबी गर्ने उनी मोड्लिङमा लागेको धेरै समय त भएको छैन् । उनले बाल्यकालदेखी नै देखेको सपना पुरा गर्नका लागि यो क्षेत्र रोज्न पुगिन । व्यवस्थापन शंकायमा कक्षा १२ मा अध्यायन गरिरहेकी उनी कक्षा १० मा पढ्दै सुरु गरेको मोड्लिङको यात्रा जारी छ । गाँउमा नाच्ने मान्छेलाई बादीको संग्या दिने समाज उनले गरेको संघर्षले अन्तत परिवारले भने साथ दियो । उनी अहिले सबैले मनपराउने मोडेल बनेकी छन् । अहिले हरेक उत्सव महोत्सवमा उनको नाचले दर्शको मन जित्ने गरेको छ । दर्शकको उपस्थिति बढाउने उनको नृत्यले महत्वपुर्ण भुमीका खेल्छ ।
राजेन्द्र शाहको शब्द संगित, सर्मिला बिसीको आवाज, हर्क खडायतको निर्देशनमा पापी बुढी गंगा बोलको गितबाट सुरु भएको उनको अभिनय अहिले चर्चामा रहेको खगेन्द्र न्यौपानेको रेलिरीसम, रंगिमन, लालिघाटका पुल, फागोटीका जिउला, कर्णाली, टुल्का, पुनिकी जुनजसी जस्ता दर्जनौँ गितहरुमा छ । चाहे एकदमै प्रेम दर्शाउने गीतमा उनले गरेको अभिनय होस् या पीडा देखाउने गितमा गरेको अभिनय होस ईब्सलले गरेको अभिनयले लाखौ दर्शकहरुको मन जित्ने गर्छ । उनले भनिन्, म हरेक गितको भाबसँग अभिनय गर्ने गरेकी छु । प्राय आधुनिक, झाउरे, लोक देउडा जस्ता दर्जनौँ गितहरुमा मेरो अभिनय राम्रो हुने गरेको छ ।
गाँउको बिद्यालयमा माध्यामिक तहसम्म पढेकी ईब्सल मोडल बन्ने हुटहुटीले धनगडी पढ्दैछन् । मध्य तथा सुद्र क्षेत्रामा आफ्नो पेशालाई पनि निरन्तरता दिदै छिन् । उनी सानैदेखि गीत गाउन र नाच्न भनेपछि हुरुक्क हुिन्थन् । स्कुलका सांगीतिक कार्यक्रममा विजेता बन्थिन् । स्कुल जाने बेला बाटोमा गित गाँउदै नाच्दै हिड्दा कत्ति पटक लडेर चोट लागेको उनले बताईन् । उनले भनिन्, ‘काम सिक्न र अनुभव गर्न कति दुख भोगेकी छु । मलाई कालिकोटकै नृत्य निर्देशक गुरु खगेन्द्र न्यौपानेले ठुलो सहयोग गर्नुभएको छ ।
गीतसंगीतको क्षेत्र अत्यन्तै पवित्र लाग्छ ईब्सललाई । नराम्रा नियतका मान्छे मनोरञ्जन क्षेत्रमा मात्र नभएर सबै क्षेत्रमा हुने बताउँदै उनले कालिकोटको ग्रामिण समुदायमा जन्मिएर मोड्लिङमा लाग्न त्यती सहज नभएको बताईन् । मोडल ईब्सलले यस क्षेत्रबाट मैले दाम कमाउन सकेको छैन । नाम कमाउने प्रयत्नमै छु । यसलाई थप मेहनत गरेर अगाडी बढाउने छु । अहिले म्यूजिक भिडियो, मेला महोत्सवमा निकै ब्यस्त छु । भबिश्यमा मेरा हरेक म्यूजिक भिडियो हेर्ने दर्शकहरुलाई गर्भ गर्ने वाताबरण बनाउछु ।
ई-कर्णाली खबर
१४ असार २०७९, मंगलवार ०५:१४