Loading... आजः २५ माघ २०८१, शुक्रबार

दलित नागरिकको सारथि बन्दै उद्योग तथा उपभोक्ता हित संरक्षण कार्यालय

कालिकोट : जिल्लाको तिलागुफा नगरपालिकामा उद्योग तथा उपभोक्ता हित संरक्षण कार्यालय दलित तथा विपन्न नागरिकको सारथि बन्दै गएको छ । तिलागुफामा मुख्यमन्त्री दलित आयआर्जन कार्याक्रम अन्तरगत विपन्न तथा दलितका फर्महरुमा सामग्री तथा पुर्वाधार सहयोग गरि सारथी बन्दै गएको हो ।

उद्योग तथा उपभोक्ता हित संरक्षण कार्यालय कालिकोटद्धारा तिलागुफामा संचालित कार्यक्रमहरुको सयुक्त अनुगमनमा कार्यालय प्रमुख हरिश्चन्द्र नेपालीले यस नगरपालिका ५ मा रहेको दुर्गा पोल्टिफर्मलाई प्राविधिक ज्ञान र सिप लगाएत अनुदान दिएर सहयोग गरेको बताए । त्यस्तै यस पालिका वडा ९ मा रहेका नयन फलफुल तथा तरकारी फर्मलाई सितोषण गरि फलफुल भण्डारण गर्न पुर्वाधार लगाएत भवन बनाउन लगाएको बताए । उनले भने अर्को तिलागुफा ९ मै सिर्जनशिल कृषि तथा फलफुल  तरकारी पशुपन्क्षि फर्मलाई बाख्रा पालन गर्न सहयोग गरेको कार्यालए प्रमुख नेपालीले बताए ।

उद्योग तथा उपभोक्ता हित संरक्षण कार्यालय कालिकोटबाट अनुदान पाउँदा यस तिलागुफा नगरपालिकाका दलित तथा विपन्न नागरिक हर्सित भएका छन् । हामि पहिले मजदुर गरेर खाने गरेपनि एक छाक टार्न मुस्किल हुने गरेको दुर्गा पोल्टिफर्मका संचालक दुर्ग सार्कीले बताए । उनले भने, अहिले उद्योग तथा उपभोक्ता हित संरक्षण कार्यालय कालिकोटले मुख्यमन्त्री दलित आयआर्जन कार्याक्रम अन्तरगत सहयोग गरेपछि महिनाको २५ हजार आम्दानी हुने गरेको सार्कीले बताए ।

त्यस्तै तिलागुफा नगरपालिका ९ मा स्याउ तथा तरकारी पकेट क्षेत्र छ । तरकारी राख्न तथा फलफुल बेमौसमी सम्म भण्डारण गर्न भबन थिएन । यहाँका कृषकले पहिले फलफुल भण्डारण गर्न र तरकारी राख्ने ठाउँ नभएर कुइएर खेर जाने गरेको बताए । अहिले उद्योग तथा उपभोक्ता हित संरक्षण कार्यालयबाट अनुदान पाएर तरकारी राख्न र फलफुल भण्डारण गर्न भबन बनेको नयन फलफुल तथा तरकारी फर्मकी संचालक डल्ली नेपालीले बताइन । अव फलफुललाई सितोषण बनाउन मेसिन समेत सहयोग गरेको भए हामि बेमौसमसम्म फलफुल राख्न सजिलो हुने संचालक नेपालीले बताइन ।

बेरोजगारले यूवा विदेश जाने चलन रहेको छ किनकी परिवारलाई लत्ता कपडा तथा दिनचार्य गुजार्नको लागि हो । यस्तै उदारहण बनेका छन् तिलागुफा नगरपालिका ९ का बिर्ख सुनार । पहिले कालापहाड गएर परिवारको समस्या पुरा गर्थे अहिले गाउँमा बसेर सिर्जनशिल कृषि तथा फलफुल  तरकारी पशुपन्क्षि फर्मदर्ता गरि उद्योग तथा उपभोक्ता हित संरक्षण कार्यालय कालिकोटद्धारा संचालित मुख्यमन्त्री दलित आयआर्जन कार्याक्रम अन्तरगत अनुदान पाएर बाख्रा पालन व्यावशायमा लागेका छन् । उनले पहिलो चरणमा २८ वटा बाख्रा खरिद गरेर व्यावसाय संचालन गरेका सुनारले अहिले महिनामा ६० हजार सम्म आम्दानी गरेको बताए । उनले भने, कालापहाड गएको भए परिवारलाई एक सरो कपडा पनि कमाई हुदैन थियो अहिले बाख्रा पालन गर्दा परिवारलाई खानलाउन पुर्याएर महिनाको ४० देखि ५० हजार आम्दानी हुने गरेको उनको भनाई छ । अझै व्यावसायक राम्रो बनाउन यसै गरि फेरी अनुदानको अपेक्ष गरेको सम्पुर्ण कृषकले बताए ।

उद्योग तथा उपभोक्ता हित संरक्षण कार्यालय कालिकोटद्धारा तिलागुफामा संचालित कार्यक्रमहरुको सयुक्त अनुगमनमा कार्यालय प्रमुख हरिचन्द्र नेपाली, जिल्ला प्रशासन कार्यालय कालिकोटका नासु हेमबहादुर शाही, मुख्यमन्त्री दलित आयआर्जन कार्यक्रम जिल्ला संचालक समितीका सदस्य दिनेश चदारा, जिल्ला समन्वय समिती प्रमुखका प्रेस सल्लाकार कर्ण कुमाल,पत्रकार लगाएतको सहभागि रहेको थियो ।