Loading... आजः १३ बैशाख २०८१, बिहीबार

तिलागुफामा नि:शुल्क स्वास्थ्य शिविर, ४ सय ७३ जना नागरिकले सेवा लिए

कालिकाेट : जिल्लाकाे तिलागुफा नगरपालिका वडा नं ११ मा नि:शुल्क स्वास्थ्य शिविर संचालन गरिएकाे छ । स्वास्थ्य सेवा कार्यालय कालिकाेटकाे आयाेजना तथा तिलागुफा नगरपालिकाकाे समन्वयमा तिलागुफाकाे चिल्खायामा नि:शुल्क स्वास्थ्य शिविर संचालन गरिएकाे हाे ।

स्वास्थ्य सेवा कार्यालय कालिकोटद्वारा निशुल्क एकिकृत जनस्वास्थ्य अभियान अन्तरगत तिलागुफामा संचालन गरिएकाे बिशेषज्ञ स्वास्थ्य शिबिरमा ४ सय ७३ जना बिरामीहरुले सेवा लिएका छन् । आर्थिक बर्ष २०७८।०७९ को स्वीकृत कार्यक्रम अनुसार यही असार १९ र २० गतेका दिन एकिकृत जनस्वास्थ्य अभियान तथा बिशेषज्ञ स्वास्थ्य शिविर संचालन गरिएकाे स्वास्थ्य सेवा कार्यालय कालिमाेटका जनस्वास्थ्य अधिकृत कटक महतले बताए ।

तिलागुफा नगरपालिका वडा नं ११ का वडाध्यक्ष नरेन्द्रबहादुर रोकायाको अध्यक्षता तथा स्वास्थ्य सेवा कार्यालय कालिकोटका स्वास्थ्य सेवा ब्यबस्थापक डा.रत्न वीर सुनारको प्रमुख आतिथ्यतामा भएकाे शिविर पाठेघरको मुखको क्यान्सरको परिक्षण ४३ जना, दन्तरोग उपचार सेवा ४६ जना, भिडियो एक्स रे २७ जना, फिजियोथेरापी २५ जना, पूरुष बन्ध्याकरण ६ जना, लामो अबधिको परिवार नियोजनको अस्थायी साधन ईम्प्लान्ट २ जना, आङ्ग खसेका महिलाको पाठेघरको मुखमा रिङ्ग राखेको १ जना, प्रयोगशाला परिक्षण ३० जना, कोभिड बिरुद्दको बुस्टर खोप लगाएको १०४ जना र बिभिन्न प्रकारका स्वास्थ्य शिक्षा, सूचना तथा संचार सामाग्री बितरण ३५० जनाले सेवा लिएका छन् ।

यस्तै सोही दिन स्वास्थ्य सेवा कार्यालय कालिकोटद्वारा तिलागुफा नगरपालिकाको वडा नं ९ का ३३ जना जेष्ठ नागरीकहरुलाई स्वास्थ्य परिक्षण तथा सम्मान गरिएकाे छ । स्वास्थ्य सेवा ब्यबस्थापक डा.रत्न वीर सुनार लगायतको स्वास्थ्य सेवा कार्यालय कालिकोटको टिमले तिलागुफा नगरपालिकाको वडा नं ११ ढिम्नेमा ३३ जना जेष्ठ नागरीकहरुलाई निशुल्क स्वास्थ्य परिक्षण गर्नुका साथै वाकिङ्ग एड (लौरो), हाईजिन किट र पछ्यौरा प्रदान गरी सम्मान गरेको हाे । जसमा ८३ बर्ष देखि ६७ बर्ष उमेरका पूरुष तथा महिला जेष्ठ नागरीकहरुको सहभागिता रहेको थियो ।