Loading... आजः ४ बैशाख २०८१, मंगलवार

स्वास्थ्यकर्मी नहुदा वर्थीङ सेन्टर बन्द, सेवाग्राहीलाई समस्या

कालिकोट : केही वर्ष पहिले नरहरीनाथ गाउँपालिकामा स्टेचरको अभावमा कम्मलमा बेरेर एक बिरामीलाई अस्पताल लैजादै गर्दाको लजास्पद तस्बिर बाहिरिए संगै फेरी पनी एक सुत्केरी आमाको पिडादायी र घतलाग्दो तस्बिर सामाजिक संञ्जालमा आएको छ ।
उनि हुन नरहरीनाथ गाउँपालिका वडा नम्बर ६ माल्कोट ठुलाघरे निवासी १८ वर्षिया बशन्ता बिक । सुत्केरी व्यथाले च्यापेर नजिकैको स्वास्थ्य संस्थाको वर्थीङ सेन्टरमा पु¥याएको चार घण्टापछी उनले बच्चा जन्माइन । उनको सफल रुपमा छोरी जन्माइन् ।
उनलाई सोमवार विहान ६ वजे वर्थीङ सेन्टरमा पुगाएपनी सुत्केरी बिकले चारघण्टा सम्म वर्थीङ सेन्टर बन्द हुदा वाहिरै बस्नु पर्यो। यस विषयमा वुझ्न खोज्दा गाउँपालिका स्वास्थ्य शाखा प्रमुख अम्मर बटालाले गाउँ पालिकाले करार कर्मचारी हटाउदा वर्थीङ सेन्टर बन्द भएको बताएका छन ।
दुई जना कार्यरत स्थायी स्वास्थ्यकर्मी बिदामा काम गर्ने र करार कर्मचारी हटाइएको हुनाले सुत्केरीले चार घण्टासम्म छटपटिएर वाहिरै बस्नु परेको बटालाले बताए । उनका अनुसार यस्तो अवस्थाको तस्बिर सार्वजनिक भएपछी करार कर्मचारी शान्ति बुढालाई फोन गरेर पठाएपछी ढिलैभएपनी सुत्केरी आमाको ज्यान जोगिएको उनको भनाई छ ।
सोमबार बिहान ६ वजे सुत्केरी व्यथाले च्याएपछी नरहरीनाथ गाउँपालिका वडा नम्बर ६ निवासी १८ वर्षिय बशन्ता विकलाई वर्थीङ सेन्टर पु¥याइयो । नरहरीनाथ गाउँपालिकाको माल्कोट स्वास्थ्य चौकीको वर्थीङ सेन्टर बन्द भएको छ । स्वास्थ्य संस्थामा अघिल्लो सरकारले राखेका करार कर्मचारी हटाइएपछी वर्थीङ सेन्टर बन्द भएको हो ।
यस विषयमा गाउँपालिका अध्यक्ष नगेन्द्र विष्टले करार कर्मचारी हटाइएको बाहानामा दोष लगाउन नमिल्ने बताएका छन ।
स्वास्थ्य संस्थामा संघिय सरकारका कर्मचारीको दरबन्दि हो । करार स्वास्थ्यकर्मीहरुको काम हैन । कर्मचारी हटाएको निउ खोजी स्थायी कर्मचारी पनी स्वास्थ्य संस्थामा नआएर स्वास्थ्य संस्था बन्द हुन बाहिर सुत्केरीलाई कुराइनु दुखत रहेको बताए । यस विषयमा हामि गहन छलफल गर्ने छौँ ।
चार घण्टासम्म सुत्केरी आमा अस्पताल वाहिर बस्दा स्वास्थ्य कर्मी नभई वर्थीङ सेन्टर बन्द हुनु सर्वत आलोचना भइरहेको छ । नजिकै स्वास्थ्य संस्था भयो र त सुत्केरी आमाको ज्यान जोगियो यदी पैदल घण्टौ हिँडेर अस्पताल ल्याउनु पर्ने बाध्यता भइदिएको भए, सुत्केरी आमाको ज्यान जोगाउन नसकिने स्थानिय वासी मंगलकुमार शाहीको भनाई छ ।