Loading... आजः ६ बैशाख २०८१, बिहीबार

फेरीए प्रचण्डकाे सुरक्षा कमान्डर, खटिए डिएसपी न्याैपाने


काठमाडौं : नेकपा माओवादी केन्द्रका अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ का सुरक्षा कमान्डर फेरिएका छन् ।

दाहालको सुरक्षामा नेपाल प्रहरीले प्रहरी नायब उपरीक्षक (डीएसपी) को कमान्डमा सुरक्षा टोलि खटाउदै आएको छ ।

यसअघि सुरक्षाको कमान्ड गरिरहेका तत्कालीन प्रहरी नायब उपरीक्षक (डीएसपी) नरेशराज सुवेदी प्रहरी उपरीक्षक (एसपी) मा बढुवा भएपछि नेपाल प्रहरी प्रधान कार्यालयले प्रहरी नायब उपरीक्षक (डीएसपी) सिद्धराज न्यौपानेलाई पूर्व प्रधानमन्त्री दाहालको सुरक्षा कमान्डरको जिम्मेवारीमा खटाएको छ ।

डिएसपी न्याैपाने यस अघि जिल्ला प्रहरी कार्यालय कालिकाेटकाे प्रमुखकाे रुपमा कार्यरत थिए । कालिकाेटमा ९ महिने कार्यकाल सफल रुपमा बिताएका उनलाई प्रहरी हेडक्वार सरुवा गरि प्रचण्डकाे सुरक्षा कमान्डरका रुपमा खटाईएकाे हाे ।