Loading... आजः ७ बैशाख २०८१, शुक्रबार

पहिरोले लियो खानेपानी, मान्म बजारमा हाहाकार

कालिकोट- जिल्लाको सदरमुकाम मान्म बजारमा खानेपानीको हाहाकार भएको छ । खाँडाचक्र नगरपालिकाले डोजरमार्फत जंगल फडानी गरी सडक निर्माण गर्दा आएको पहिरोले खानेपानीको पाईप लिएपछि सदरमुकाम मान्म बजारमा खानेपानीको हाहाकार भएको हो ।
मान्म बजारदेखी चुलिमालिका लेकसम्म लिने भएर निर्माणाधिन सडकको कुनै उपयोगिता छैन् । स्थानिय हिकमतजंग मल्लले भने, चुलिमालिका लेककै नाममा दाँहाँ, पाखा र मान्म बजारबाट दुईवटा गरी चार वटा सडक निर्माण गर्न थालिएको छ । यसले परापुर्वकालदेखी संरक्षण गर्दै आएको बनजंगल फडानीका साथै कृतिम पहिरो सिर्जना गरेको छ । जसको शिकार सदरमुकाम मान्म बजारको खानेपानी पनि बनेको छ ।

मान्म बजारदेखी उक्त खानेपानीको मुहान तिर न कुनै मानव बस्ती छ । न उक्त सडक आबश्यक छ । तर डोजरमार्फत धमाधम बन फडानी गरी सडक निर्माण गरेकै कारण पहिरो नजोने वन पनि पहिरोमा परिणत भएको छ । यसकै्र कारण मान्म बजारमा व्यपार व्यवसाय गर्ने तथा अन्य झण्डै पाँच सय परिवारहरुले खानेपानीको संकट खेप्नु परेको छ ।

खानेपानीको अनुगमनका लागि पहिरो स्थल पुगेका खाँडाचक्र नगरपालिका वडा नं. १ का वडा अध्यक्ष धर्मराज ताम्राकारले पहिरोको दृर्घकालिन रोकथाम र खानेपानी आयोजनाको नियमितताका लागि पहल लिने बताए । उनले भने, बिगतमा नगले गल्ती गरेको छ । अब त्यो गल्तीलाई सच्याएर बन फडानी गरी निर्माण गर्न थालिएको सडकको काम रोक्दै पहिरोको रोकथाम तथा खानेपानी आयोजनाको सुरक्षा गर्न नगरका छलफल गर्छु । तत्कालका लागि पहिरोबाटै पाईप जडान गरेर खानेपानी नियमित गराउछु ।

खाँडाचक्र नगरपालिका प्रमूख कमलबहादुर शाहीले मान्म बजारदेखी चुलिमालिका जोड्ने उक्त सडकको कुनै उपयोगिता नरहेको बताए । उनले भने, नगरले उक्त सडकमा बजेट छुटाउदैनौँ । प्रदेश र संघबाट बजेट पठाएपनि कार्यन्वयन गर्दैनौँ । डोजरले बाटो खन्दा पहिरो जाने समस्या भएको र खानेपानी आयोजना पनि अबरुद्ध भएको जानकारी पाएको छु । त्यसको प्राबिधिक मुल्यांकनका आधारमा मर्मत सुधार हुन्छ ।

पहिरो स्थलमा अनुगमनका लागि पुगेका पलाँता गाँउपालिका पुर्व अध्यक्ष लक्ष्मणबहादुर बम, नेपाल पत्रकार महासंघ कालिकोटका अध्यक्ष भरतराज बिष्ट, खाँडाचक्र नगरपालिका वडा नं. १ मा वडा अध्यक्षका प्रत्यासी बिनोद शाही लगायतका सरोकारवालाहरुले मान्म बजारको खानेपानी समस्या समाधानका लागि पहिरोको दृर्घकालिन रोकथाम आबश्यक रहेको बताए । उनीहरुले बर्षेनी मान्म बजारको खानेपानी अभावको समस्या हुनुमा व्यवस्थापकिय समस्या पनि रहेको औल्याए ।

अन्नपुर्ण पोष्टबाट साभार ।