Loading... आजः १५ आश्विन २०७९, शनिबार

नगरपालिका महासंघ पुनर्गठन, प्रदेश सदस्यमा महेन्द्रबहादुर शाही निर्बाचित

कालिकाेट : नगरपालिका महासंघ कणाली प्रदेशकाे पुनर्गठन भएकाे छ । प्रदेशभरीका नगरपालिका प्रमुख, उप प्रमुखहरुकाे भेलाले नगरपालिका महासंघ कर्णाली प्रदेशकाे पुनर्गठन गरेकाे हाे ।

सुर्खेतकाे गर्भाकाेट नगरपालिका प्रमुख हस्तबहदुर पुन सयाेजक र सह-संयाेकमा भेरिगंगा नगरपालिका प्रमुख यज्ञप्रसाद ढकाल सहित ९ सदस्य कार्यसमिति गठन गरिएकाे छ । जसकाे सदस्यमा कालिकाेटबाट तिलागुफा नगरपालिका उप प्रमुख महेन्द्रबहादुर शाही सर्बसहमत निर्बाचित भएका छन् । उनी नेकपा एमालेका प्रदेश कमिटि सदस्य पनि हुन् । उनले नगरपालिका महासंघकाे प्रदेश दस्यमा त्तफुलाई सर्बसहमत निर्बाचित गराउने सबै नगर प्रमुख र उप-प्रमुखहरुलाई धन्यबाद दिएका छन्क ।