Loading... आजः १३ चैत्र २०८०, मंगलवार

गुमनाम नेपालकै अग्लो कालिकोटको पचालझरना

कालिकोट- जिल्लाकोे पूर्वी क्षेत्रमा पर्ने नेपालकैै अग्लो दाबी गरिएको पचालझरना ओझेलमा परेको छ । तत्कालिन जिल्ला विकास समिति, त्यसपछि स्थानिय सरकार र जिल्ला समन्वय समितिले पटक पटक पर्यटन बोर्डमा अभिलेख गरी बैधानिक्ता दिनका लागि दाबी पेश गरेपनि नेपाल पर्यटन बोर्डमा अभिलेख नगर्दा नेपालकैै अग्लो दाबी गरिएको पचालझरना ओझेलमा परेको हो ।

कालिकोटको मुख्य पर्यटकिय गन्तब्यका रुपमा लिएको पचालझरना ४ सय १५ मिटर अग्लो झर्ना छ । तत्कालिन जिल्ला विकास समिति, पचालझरना गाँउपालिका लगायतका धेरै सरकारी तथा गैरसरकारी संघ संस्थाहरुले त्यसको लम्बाई नापेर सार्बजानिक पनि गरेका छन् । यस अघि नेपालकै अग्लो भनिएको तेह्रथुम जिल्लामा रहेको ह्याप्तुङ झना ३ सय ६५ मिटर उचाईको छ । उक्त ह्याप्तुङ झरना भन्दा कालिकोटको पचालझरना ५० मिटरले अग्लो छ । तर पर्यटन बोर्डले कालिकोटको पचालभरनालाई नेपालकै अग्लो झरना भनेर अभिलेख गरी घोषणा नगर्दा ओझेलमा परेको हो ।

जिल्ला सदमुकाम मान्माबाट करीब तीन घण्टा गाडी र चार घण्टा पैदल यात्रा गरेपछि प्रत्यक्ष रुपमा अवलोकन गर्न सकिने पचालझरना निकै रोचक छ । बाह्रै महिना निरन्तर पानी बगिरहने उक्त झरना सहज रुपमा अवलोकन गर्नका लागि सडक र पदमार्ग निर्माणको कार्य पनि भईरहेको छ । यसको प्रचार प्रसार र सेवा सुविधा दिन सक्नेहो भने यो झरना नेपालकै पर्यटकिय गन्तब्य बन्नेमा दुई मत छैन् । आन्तरिक तथा बाह्य पर्यकलाई लोभ्याउने अनगिन्ति प्राकृतिक सौँदर्यताले भरिपुर्ण पचालझरना अग्ला अग्ला पहाडी हिम श्रृङखलाहरुको फेदमा भएकाले थप आकर्षक छ । दुई बर्ष अगाडी मात्र पचालझरना गाउपालिकाले आधिकारीक रुपमा गरेको सर्बेक्षणमा झरना खसेको ठाँउदेखी सिधै तल ठोक्कीएको ठाँउसम्म ३ सय ८१ मिटर उचाई र ठोकीएको ठाँउबाट तल झरेको ठाँउको समेत दुरी लिदा ४ सय १५ मिटर अग्लो रहेको प्रमाणीत भएको छ ।

स्थानिय बिष्णुलाल न्यौपाने पटक पटक नाप जाँच गरेर नेपालकै अग्लो दाबी गरिएको पचालझरना पर्यटन बोर्डमा अभिलेख समेत नहुनु दुखद भएको बताए । यो ऐतिहासीक झरनाको संरक्षण, विकास र प्रवद्र्धन गर्न सकिए कर्णालीको पर्यटकिय मूख्य आकर्षक गन्तव्य बन्ने निश्चित रहेको उनको दाबी छ । तर पनि सम्बन्धित निकायको लाप्रबाहीका कारण प्रचुर सम्भावना रहेको यो झरना गाँउघरे उख्खान कागलाई बेल पाक्यो हर्स न बिस्मात भने जस्तै भएको छ ।

पचालझरनाबाट खसेको पानी करीब १० किलोमिटर ओरोलो बगेर कर्णाली नदीमा मिसिएको छ । प्राकृतिक मनोरम सौँदर्यताले भरिपुर्ण यो झरना अवलोकन भ्रमणका लागि निकै आकर्षक देखिन्छ । स्थानियहरुका अनुसार यो झरनाको बचिमा ठुला ठुला गुफाहरु पनि छन् । यहाँका स्थानिय विद्यालयहरुले शैक्षिक भ्रमणमा बिद्यालर्थीहरुलाई लिदा यही झरनाको अवलोकन गराउने गरेको स्थानिय शिक्षक टिका उपाध्यायले बताए । नेपालकै ऐतिहासीक तथा पर्यटकिय झरना संरक्षणको अभावले बिमूख भएको छ ।

सरकारका सय गन्तव्य भित्र परेको झरना

ओली सरकारले मुलुकका नयाँ सय गन्तव्यहरु भनेर सार्बजानिक गरेका गन्तव्यहरुको सुचीमा पचालझरनालाई पनि समाबेश गरेको थियो । त्यो कुराले पचालझरनाका स्थानिय नागरिकहरु उत्साही भएका थिए । पचालझरना पर्यटन बोर्डमा अभिलेख भएर सरकारी मान्यता पाउने आशामा थिए । सरकारले सार्बजानिक गरेका मुलुकभरका एक सय नयाँ पर्यटकिय गन्तव्यको सूचीमा कालिकोटको पचालझरना परेसँगै नेपालकै अग्लो झरनाका रुपमा मान्यता दिएर घोषणा गर्नुपर्ने यहाँका नागरिकहरुको माग भने सम्बोधन भएन् । ओली सरकारको पालामा संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्रालयले प्राकृतिक, पुरातात्विक, ऐतिहासिक तथा धार्मिक महत्वका आधारमा देशभरबाट नयाँ एक सय पर्यटकीय गन्तव्य छनोट गरेको थियो ।

पचालझरना गाँउपालिकाका तत्कालिन अध्यक्ष खड्गराज सेजुवालले गाँउपालिकाले प्राबिधिक सहितको टोली खटाएर पचालझरनाको नापनक्सा गरी नेपालकै अग्लो झरना भएको दाबी सहित संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्रालय र पर्यटन बोर्डमा अभिलेख गरी बैधानिकता दिन पहल गरेका थिए । जतिबेला संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्री स्वर्गिय रबिन्द्र अधिकारी थिए । तत्कालिन पर्यटनमन्त्री स्वर्गिय अधिकारीले पचालझरनालाई बैधानिकता दिनका लागि प्रतिबद्धता जनाए तर उनको हेलिकप्टर दुर्घटनामा परेर मृत्यु भएपछि पछि आउने पर्यटनमन्त्रीले चासो देखाएनन् ।