तिलागुफामा दोस्रो मेयर कप प्रतियोगिता सुरु
कालिकोट- जिल्लाको तिलागुफा नगरपालिकामा दोस्रो मेयर कप प्रतियोगिता सुरु भएको छ । तिलागुफा नगरपालिकाको आयोजनामा महादेव माध्यामिक बिद्यालयको ४३ औँ बार्षिक उत्सव तथा अभिभावक दिवसको अवसर पारी दोस्रो मेयर कप प्रतियोगिता सुरु गरिएको हो ।
तिलागुफा नगरपालिका वडा नं. ३ का वडा अध्यक्ष सुर्यबहादुर शाहीको अध्यक्षतामा एक औपचारीक कार्यक्रमका बीच कर्णाली प्रदेशका सामाजिक विकास मन्त्री माननिया यज्ञबहादुर बिसीले उक्त प्रतियोगिताको उद्घाटन गरे । कार्यक्रममा उनले खेलकुद क्षेत्रको विकासका लागि प्रदेश सरकारले लगानी गर्ने बताए । उनले भने, मानिसको स्वास्थ्य र मुलुकको इज्जतका लागि खेल क्षेत्रको महत्व छ । खेलकुद क्षेत्रमा लागेर पनि आफ्नो भबिश्य निर्माण गर्न सकिन्छ भन्ने बाताबरण बनाउनुपर्छ । यसका लागि कर्णाली प्रदेश सरकार कर्णालीमा शिक्षा, स्वास्थ्य, खेलकुद क्षेत्रको बिकासका लागि प्रतिबद्ध छ ।
कार्यक्रममा तिलागुफा नगरपालिका प्रमूख शंकरप्रसाद उपाध्यायले नयाँ पीढिलाई खेलकुद क्षेत्रमा आकर्षित गर्न नगरपालिकाले बिभिन्न प्रतियोगिताहरु आयोजना गरिरहेको बताए । उनले यहाँका खेलाडीहरुले मुलुककै प्रतिष्ठा राख्ने गरी खेल खेल्नका लागि नगरपालिकाबाट गर्न सकिने सबै प्रयासहरु हुने बताए । उनले भने, तिलागुफालाई खेलाडी र खेलकुदमैत्री नगरपालिका बनाउछौँ । आफ्ना सन्तानले खेलकुद क्षेत्रमा लागेकोमा अभिभावकहरुलाई गर्भ गर्ने बाताबरण बनाउछौँ । हरेक खेलाडीहरुलाई उत्कृष्ट खेल प्रदर्शन गर्नका लागि प्रशिक्षण र तयारी गराउने लक्ष्य छ ।
कार्यक्रममा तिलागुफा नगरपालिका उप प्रमूख महेन्द्रबहादुर शाही, नेपाली कांग्रेसका नेता दमनबहादुर शाही, मनराज शाही, महादेव माविका प्रधानाध्यापक नरदीप शाही लगायतका सरोकारवालाहरुले स्थानिय, प्रदेश र संघिय सरकारबाट खेलकुद क्षेत्रमा लगानी बढाउनुपर्ने बताए । उनीहरुले खेल क्षेत्रमा लागेका खेलाडीहरुको जीबिकोपार्जनमा समस्या हुने गरेको बताउदै यो समस्यालाई सरकारले समाधान गर्ने गरी कार्यक्रम बनाउनुपर्ने बताए ।
महादेव माविको प्राङगणमा सुरु भएको दोस्रो मेयर कप प्रतियोगितामा नगरपालिका भित्रका ८ वटा माविहरु सहभागि भएका छन् । उनीहरु बीच छात्र, छात्र भलिबल प्रतियोगिता, अन्तर बिद्यालय हाजिरी जबाफ, हाईजम, लमजम, ज्याब्लिङ थ्रो, २ सय मिटर दौड, ८ सय मिटर दौड, ३ हजार मिटर दौड, रेले दौड लगायतका बिभिन्न बिद्यामा प्रतिस्पर्धा गराईनेछ ।
ई-कर्णाली खबर
८ भाद्र २०७९, बुधबार १०:२१