Loading... आजः ७ बैशाख २०८१, शुक्रबार

कर्णालीका जिल्लामा – स्याउ उत्पादनमा कमि

असोज-१२कालिकोट   गत वर्ष १२ हजार मेट्रिक टन स्याउ उत्पादन भएको कर्णालीमा यस वर्ष भने, घटेर ५ हजार मेट्रिक टन स्याउ फलेको स्याउ सुपरजोन कार्यालय जुम्लालले जनाएको छ ।

गतआर्थिक वर्षभन्दा यस वर्ष स्याउ उत्पाद्नमा निकै कमि आएको कार्यालयका बरिष्ट स्याउ जोन अधिकृत्र नमराज भण्डारीले जानकारी दिए ।उनका अनुसार, यो वर्ष गत वर्ष भन्दा स्याउ उत्पाद्न कर्णालीकै हिसावमा ५० प्रतिशतले उत्पाद्नमा कमि आएको छ । कर्णाली प्रदेशका दश वटा जिल्लाहरु मध्य जुम्ला, मुगु र कालिकोट हुन। स्याउ फुल्ने समयमा असिना पानीले झारेर सखपा पारिदियो,।बाँकी रहेर फलेको फलमा चैत, वैशाख र जेठको तिन महिनामा अत्याधिक तुआँलोले गर्दा पनी यस वर्ष उत्पाद्नका घटेको हो ।

उनका अनुसार, कालिकोटमा ३० प्रतिशतले कमी, मुगुमा ४० प्रतिशत र जुम्लामा ६० प्रतिशतले स्याउ उत्पादनमा कमि आएको छ । कोरोनाले संक्रमण न्युनिकरण गर्न गरिएको बन्दाबन्दीले गर्दा स्याउ उत्पाद्नमा कमी नआएको प्रमुख भण्डारीले बताए । उनका अनुसार, यतिले मात्र स्याउ उत्पाद्नमा कमि आएको हैन, किषान लाई उत्पादनमा वृद्धि गर्न कृर्षि मन्त्रालय र कृर्षि कार्यालयले पनी पोत्साहानका कार्याक्रम ल्याउन नसक्नु पनी हो ।

 

कृर्षि मनत्रालयले कृर्षक पोत्सान कार्याक्रम ल्याएपनी यसको उपलब्धी हुन नसकेको र किषानले पनी जाँगर लगाएर स्याउ उत्पादनमा लाग्न नसकेको उनको भनाई छ ।किषानले आफुखुशी स्याउ विक्रिगर्दा, जुम्ली स्याउको गुणस्थर खस्किनेमा कार्यालयको चिन्ता ।

 पहिलेका दिनमा जुम्ली स्याउको राष्ट्रिय तथा अन्त्रराष्ट्रिय बजारमा जती महत्व थियो पछिल्लो समय हुन नसकेको कार्यालयले जनाएको छ ,।

कृर्षि विकास कार्यालय जुम्लाका प्रमुख बलकराम देवकोटाका अनुसार, अहिले किषानहरुले आफुखुशी स्याउ विक्रि गर्दा जुम्ली स्याउको महत्व घट्न गइरहेको छ । उनका अनुसार अहिले आफु खुशी काचो, सानो ठुलो एउटै काटुनमा प्याकेज गरी नेपालगंज, सुर्खेत, काठमान्डौ लगायतका बजारमा लैजानाले स्याउको गुस्थरमा कमी आउने गरेको गुनासो आएको छ । हामिले गिडिङ गरेर पठाउदा मात्र स्याउको गुणस्थरमा वृद्धि आएको जानकारी आउछ, नत्र भने, आफुखुशी विक्रिगर्नाले जुम्ली स्याउको पहिचान गुम्ने चिन्तामा छौँ ।

जुम्ला पछीको स्याउ उत्पाद्न हुने कालिकोटमा पनी गत वर्ष भन्दा यस वर्ष ३० प्रतिशतले कमि आएको कृर्षि विकास कार्यालय कालिकोटले जनाएको छ ।
कार्यालय प्रमुख भरत कुमार वस्नेतका अनुसार, जिल्लाको तुलनामा स्याउ बढिफल्ने फोईमा पनी असिना पानी र तुआँलोले गर्दा स्याउ उत्पाद्नमा कमी आएको उनले बताए ।