Loading... आजः ८ बैशाख २०८१, शनिबार

प्रदेश स्तरीय खुला भलिबल प्रतियोगिता कालिकोटमा हुदै

कालिकाट- कर्णाली प्रदेश स्तरीय खुला भलिबल प्रतियोगिता कालिकोटमा आयोजना हुने भएको छ । हालसम्मकै सबैभन्दा ठुलो पुरस्कार राशीको प्रदेश स्तरीय खुला भलिबल प्रतियोगिता कालिकोटमा हुने भएको हो ।
लिगासैनी युथ क्लव कालिकोटले यही असाेज १० गतेदेखी जिल्ला सदरमुकाम मान्ममा प्रदेश स्तरीय खुला भलिबल प्रतियोगिताको आयोजना गरेको क्लवका अध्यक्ष हिकमतजंग मल्लले बताए । उनले उक्त प्रतियोगिताका बिषयमा पत्रकार सम्मेलन गर्दै कर्णालीमा हालसम्मकै सबै भन्दा ठुलो पुरस्कार राशीको खुला भलिबल प्रतियोगिता आयोजना गरिएको बताए । उनका अनुसार उक्त प्रतियोगितामा बिजेता टिमले २ लाश २२ हजार २ सय २२ र उप बिजेता टिमले १ लाख ११ हजार १ सय ११ रुपैया पुरस्कार पाउनेछन् । अन्य मेडल र टफिहरु त छदैछ ।
खेलका सबै बिद्याहरुमा बलिबल कर्णालीमा निकै खेलिन्छ । नयाँ बर्ष, बिजया दशै, तिहार लगायतका चार्डपर्व, दिवस तथा अन्य सार्बजानिक कार्यक्रममा भलिबल प्रतियोगिता आयोजना गरिन्छ । यहाँका नागरिकहरुको आकर्षणको खेल हो भलिबल । भलिबल खेल्ने तथा खेलाडीहरु उत्साहित हुने प्रतियोगिता आयोजना नभएकाले आफुहरुले हालसम्मकै ठुलो राशीको पुरस्कार सहित प्रतियोगिता आयोजना गरेको क्लवका अध्यक्ष मल्लले बताए । उनले भने, भलिबल यहाँका सबै नागरिकहरुको आकर्षणको खेल हो । यहाँका हरेक युवाहरु भलिबल खेल्छन् । तर भलिबल खेलेर जीबिका चलाउने अवस्था छैन् । खेलाडीहरु निश्चित समयपछि अन्य पेशा व्यवसायमा लाग्छन् । तर अब सरकारले भलिबल मात्र खेलेर खेलाडीको जीबिका चलाउन सक्ने बाताबरण बनाउनुपर्छ । हामीले त भलिबल खेलको संरक्षण र खेलाडीहरुलाई थप उत्साहित बनाउन यस्ता प्रतियोगिता हरेक बर्ष आयोजना गर्छौ ।
जिल्लाका ९ वटै स्थानिय तहमा प्रया सबैको घरमा एक जना भलिबल खेलाडी छ । तर कोही पनि खेलाडी भलिबल मात्र खेलेर आफ्नो जीबिका चलाउने अवस्थामा छैन् । राज्यले पनि खेलाडीहरुको खेल खेलेर आफ्नो भबिश्य सुरक्षित बनाउने गरी लगानी गरेको छैन् । लिगांसैनी क्लवका अध्यक्ष मल्ले भने, हामीले आयोजना गर्ने प्रतियोगिताहरुमा पनि यहाँका स्थानिय सरकारहरु सहयोग गर्न चासो देखाउदैनन् । दुई बर्ष अगाडी पनि आफुहरुले जिल्लामा १ लाख ११ हजार पुरस्कार राशीको प्रतियोगिता आयोजना गरेका थियौँ । करोनाको कारण अघिल्लो बर्ष प्रतियोगिता गर्न सकिन् । यो् बर्षबाट नियमित गछौँ ।