Loading... आजः १४ आश्विन २०७९, शुक्रबार

महाँवै गाउपालिकामा तिज प्रतियाेगिता


कालिकाेट : जिल्लाकाे महाँवै गाउपालिकामा तिज प्रतियाेगिता आयाेजना गरिएकाे छ । तिजलाई माैलिक रुपमा मनाउने उद्येश्यले तिला नमुना माध्यामिक बिद्यालयकाे आयाेजना तथा महाँवै गाउपालिकाकाे सहयाेगमा तिज प्रतियाेगिता आयाेजना गिरएकाे गाउपालिका अध्यक्ष खेमबहादुर सिंहले बताए ।

उनले नेपाली हिन्दु महिलाहरुकाे महान चार्ड हरितालिका तिजकाे अवसरमा शुभकामना दिदै तिजका भाकाहरुले समाज परिवर्तनका सवालहरु पनि उठान गर्नु पर्ने बताए । उनले भने, तिजका भागामा माैलिकता हराएकाे छ । हामीले तिजकाे माैलिकता जाेगाउदै परिवर्तनका सवालहरु पनि समेट्नु पर्छ ।

महाँवै गाउपालिकाका ७ वटै वडाबाट १४ वटा टिमले तिज प्रतियाेगितामा भाग लिए । स्थानिय हिक्मत सिंहले भने, उनीहरुले तिजका भाकामा नृत्य प्रस्तुत गरे । यसले गाउपालिका भरीका महिला दिदी बहिनीहरु बीच भेटघाट, आत्मियता साँटा साँट, सद्भाव बाँडेकाे छ । तिज विशेष कार्यक्रममा स्थानिय सरकारले चासाे दिएर कार्यक्रम आयाेजना गर्न सहयाेग गरेकाेमा महिलाहरुले धन्यबाद दिए ।