Loading... आजः १४ आश्विन २०७९, शुक्रबार

कालिकोटमा देउडा खेलेर मनाईयो तिज

कालिकोट- कालिकोटमा रमाईलो गर्ने भन्ने बित्तिकै देउडा दोहोरी खेलिन्छ । यहाँका हरेक जातजाति र समाजमा देउडाको बिशेष महत्व छ । छोरा छोरीको छैटी, ब्रतबन्ध, बिभिन्न दिवसहरु, तिज लगायतका बिभिन्न चार्ड पर्वहरु, बिबाहदेखी देवताका पैैठसम्म जहाँ जतिबेला पनि देउडा दोहोरी नलगाए अर्थात देउडा नखेलेर यहाँका मानिसहरुलाई रमाइलै हुँदैन् । अझ त देउडा खेल नखेलेर, नहेरेर जात्राबाट आएपछि यहाँ रमाईलै भएन भन्ने गरिन्छ । यहाँको मौलिक लोक संस्कृतिका रुपमा चिनिने देउडा यहाँको सांस्कृतिक कार्यक्रमको पहिलो प्रस्तुती र दर्शकहरुको पहिलो चाहाना पनि हो ।


मंगलबार नेपाली हिन्दु नारीहरुको महान चार्ड हरितालिका तिज । तिजका अवसरमा मान्म बजारको प्रतिमा र्चाकमा यहाँका महिलाहरु देउडामा रमाए । उनीहरु पतिको दृर्घायुका लागि ब्रत बसेका भएपनि देउडाको रसमा भोग, प्यास मेटाए । यहाँका देउडा पारखीहरु छाया सुनार, अबिसरा पाण्डे, अमृता न्यौपाने लगायतका महिलाहरु महिलाहरुले उत्सबका रुपमा मनाउने चार्ड तिजका अवसरमा देउडामा दोहोरी खेले । खेलको यत्रतत्र हेरेर रमाउने दर्शकहरुको पनि भीड थियो । खेलका गितहरु तिजको महत्व, पारिवारिक समस्या, महिलाहरुको कार्यबोझ, महिलाहरुको अवस्था लगायतका बिषयमा सवाल जबाफ गरे । बिभेद, हिंसा र चुनौतीका बिषयहरु पनि उठाए । यसबाट स्थानिय नागरिकरुले भरपुर मनोरञ्जन लिए ।


देउडा हेरिरहेकी दर्शक तोबीना ऐडीले भनिन्, तिज क्या रमाईलो भयो । महिलाहरुले खेलेको देउडाले थप मनोरञ्जन भयो । देउडा हेर्दा हेर्दै भोग प्यास र थकाई पुरै बिर्सिएछु । दिनभर चोकीमा उभिएर देउडा र नाचगान हेरियो । प्रतिमा चौकमा देउडा मात्र थिएन । तिजका अवसरमा मान्म बजारमा दर्जर्नौँ स्थानहरुमा देउडा र नृत्य पनि थियो । स्थानिय भाषका गितहरु पनि थिएनन् । डिजे बजाएर महिलाहरुले भरपुर रमाए । नेत्य चलिरहेको ठाँउमा भन्दा देउडा खेल चलिरहेको ठाँउमा मानिसहरुको घुईचो नै थियो । पहिला पहिले छोराको छैटी, ब्रतबन्ध, बिबाहदेखी देवताका पैैठसम्म मात्र सीमित देउडा खेललाई अहिले छोरीको छैटी, दवाव मुुलक आन्दोलन लगायत अन्य बिभिन्न प्रकारका पर्वहरु तथा सामाजिक सचेतनाका कार्यहरुमा समेत खेल्न थालिएको छ । पहिलेका पीढिहरुले देउडालाई समाजको गहना बनाएजस्तै अहिले नयाँ पीढिहरुले पनि निरन्तरता दिदै आएका छन् ।