Loading... आजः १३ चैत्र २०८०, मंगलवार

खाँडाचक्र नगरपालिकाद्वारा निशुल्क स्वास्थ्य शिविर संचालन

कालिकोट- स्थानिय सरकार गाउँमा आएको पाँच वर्ष पछी मात्र थाहा भयो स्थानिय रवी मल्ललाई । हुन त सदरमुकाम मान्म क्षेत्रमा पर्ने नगरपालीका भएतापनी उनलाई थाहा थिएन सिंहदरवारको अधिकार गाउँमा आएको । खाँडाचक्र नगरपालिकाले बिहिबार गाउँमा निशुल्क स्वास्थ्य शिविर संचालन गरेपछी रवी जस्तै गाउमा स्वास्थ्य सेवाबाट सेवाबाट बन्चित नागरिकले सिंहदरवार गाउँमा आएको महसुश गरे ।

चेक नगरीकन गाउँको निजी मेडिकलमा औषधी खाने गरेको थिए । कयौँ औषधी खाँदा पेट दुख्नु निको भएन । अहिले भिडियो एक्सरे गरेपछि पत्थरीया देखिएको छ । औषधी खाएपछि त्यो खसिहाल्छ भन्दा आफु हर्षित भएको ७१ वर्षिय रवि मल्लले बताए ।

दुरदराजका म जस्तै अन्य जेष्ठनागरिक रोग पहिचान गर्ने गरी गाउँमै निशुल्क भिडिभयो एक्सरे लगायतका चेक जाँच तथा औषधी उपचार गर्न पाएपछि उनीहरु पनि निकै हर्षित भएका छन् । आर्थिक अवस्था कम्जोरका कारण सामान्य रोगको पनि उपचार गर्न नसक्दा कयौँ मासिनले अकालै ज्यान गुमाउनु परेको छ । रवी मात्र हैनन् सोही गाउँकी ६० वर्षिय मिमकोशा विष्टले पनी खुशी हुदै भनिन् ।

आर्थिक स्थिति कम्जोर भएर रोगपालि बसेका जेष्ठ नागरिक । अपाङ्ग असाहय लगायतका स्थानीयवासीन्दाका लागि यो शिविर निकै लाभदायिक भएको विष्टले बताइन । उनले भनिन्, ‘आफ्नो सधै पेटको दायाँ बाँया साइड दुखि रहन्छ,आर्थिक अवस्था कम्जोरका कारण टाढा गएर भिडियो एक्सरे गर्न पाएको थिएन अहिले निशुल्क सहितको त्यो सेवा गाउँमै पाएपछि आफुलाई निकै खुःसी छाएको छ ।’

विभिन्न स्थानीय तहले गाउँमै विशेषज्ञ चिकित्साद्धारा चेक जाँच हुने गरी स्वास्थ्य शिविर सञ्चालन गर्दै आएपछि स्थानीय वासीमा बल्ल गाउँमै सरकार आएको महसुस गरेको स्थानीय असला सुनारले बताइन् । खाँडाचक्र नगरपालिकाको स्वास्थ्य शाखाले यती बेला नगरका विभिन्न ठाउँमा शिविर संचालन गरिरहेकाे छ ।

खाँडाचक्र नगरपालिका प्रमुख कमलबहादुर शाहीले नागरिकलाई गाउमै बिशेषज्ञ स्वास्थ्य सेवा दिन शिविर संचालन गरिएकाे बताए । उनले भने, हरेक नागरिकलाई बिरामी पर्दा सरकारकाे अनुभूति दिलाउछाैँ । समय समयमा गाउमै स्वास्थ्य शिविर संचालन गर्छाैँ ।