Loading... आजः १५ आश्विन २०७९, शनिबार

महाभियोग सिफारिस समितिले जबराले नाम लिएका बहालवाला न्यायाधीशलाई बोलाउने

काठमाडौंः महाअभियोग सिफारिस समितिले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले बयानका क्रममा नाम लिएका बहालवाला न्यायाधीशलाई बोलाउने भएको छ । बुधबार बसेको समिति बैठकले बहालवाला न्यायाधीशलाई बोलाउने तयारी गरेको हो।

यस्तै, समितिले पूर्वन्यायाधीश, नेपाल बार, सर्वोच्च बार, वरिष्ठ अधिवक्ता र अधिवक्तालाई बोलाउने भएको हो । अर्को बैठक बिहीबार (भोलि) बस्नेछ ।

पहिलो चरणमा सर्वोच्च अदालतका न्यायाधीश र नेपाल बार एसोसिएसनका पूर्वपदाधिकारीलाई बुधबार पत्र पठाउने समितिको तयारी छ। सम्बद्ध तथ्यका आधारमा जानकारी भएकँ व्यक्ति, विशेषज्ञ, साक्षी वा अन्य व्यक्तिलाई पनि उपस्थित गराई सोधपुछ गरिने भएको छ ।

जबराले कायममुकायम प्रधानन्यायाधीश दीपककुमार  कार्की, न्यायाधीशहरू हरिकृष्ण कार्की, मीरा खड्का, ईश्वरप्रसाद खतिवडा, आनन्द  मोहन भट्टराई र प्रकाशमान सिंह राउतमाथि गम्भीर आरोप लगाएका छन्।

जबराले  आरोप लगाएका बहालवाला सबै न्यायाधीश वा केहीलाई मात्र बोलाउने सम्बन्धमा  बुधबार निर्णय  गरिने समितिका सदस्यले बताएका छन्।

न्यायाधीश  राउत, नेपाल बार एसोसिएसनका पूर्वअध्यक्ष चण्डेश्वर श्रेष्ठ,  पूर्वमहासचिव  लीलामणि पौडेल, सर्वोच्च अदालत बार एसोसिएसनका अध्यक्ष पूर्णमान शाक्यलाई पहिलो चरणमा बयानमा बोलाउने तयारी छ ।

जबराले बयानका क्रममा नाम लिएका व्यक्तिहरु