Loading... आजः १४ आश्विन २०७९, शुक्रबार

तीन सय बालबालिकालाई निशुल्क ड्रेस बितरण

कालिकाेट : नेपाली कांग्रेसका युवा नेता धिरेन्द्र थापाले महादेव माध्यामिक बिद्यालय रुडुका ३ सय ९ जना बालबालिकाहरुलाई निशुल्क ड्रेस बितरण गरेका छन् । नेपाली कांग्रेस तिलागुफा नगर कार्यसमितिका सभापती समेत रहेका कांग्रेस नेता थापाले राष्ट्रिय बाल दिवसका अवसरमा व्यक्तिगत रुपमा ५ लाखकाे लगानीमा तिलागुफा नगरपालिका वडा नं १० का ३ सय ९ बालबालिकाहरुलाई निशुल्क ड्रेस बितरण गरेका हुन् ।

बालबालिकाहरुकाे उज्वल भबिश्य निर्माणका लागि हामी सबैकाे लगानी आबश्यक रहेकाे उनले बताए । बाल दिवसकाे अबसरमा बिद्यालयमा आयाेजित कार्यक्रममा कांग्रेस नेता थापा ड्रेस सहित बिद्यालय पुगेका थिए । बिद्यालयका प्रधानाध्यापक, शिक्षक, अभिभावक, विद्यार्थी लगायतका शैक्षिक सराेकारवालाहरुले कांग्रेस नेता थापाले बालबालिका प्रति गरेकाे प्रेणादायी लगानीका लागि धन्यबाद दिए । उनीहरुले राजनीतिक सफलताकाे कामना सहित प्रशंसा पनि गरेका थिए ।