Loading... आजः ७ बैशाख २०८१, शुक्रबार

कर्णाली राजमार्गमा डरलाग्दो कहर, वर्खामा हिलाम्बे हिउँदमा धुलाम्बे

कहिलेसम्म जोखिमै यात्रा?

कालिकोट : नेपालगञ्ज बाट जुम्ला जाँदै गरेका हरीबहादुर कार्किले राजमार्गमा यात्रुहरु कष्टपूर्ण यात्रा गर्न बाध्य भएको बताए । ‘दुर्घटनाको जोखिम उच्च छ, राजमार्ग भनेर तोकिए पनि सडकको अवस्था बेहाल छ’, उनले भने । सामान्यतया एक दिनको यो बाटो पार गर्न वर्षातको बेला कालिकोटबाट नेपालगंञ्ज पुग्नै तीन दिनसम्म कष्टपूर्ण यात्रा गर्नुपर्ने बाध्यता रहेको उनले बताए। कालिकोटबाट सुर्खेत पुग्नै तीन दिन लाग्ने गरेको उनी बताउँछन् । वर्षातमा दैलेख र कालिकोट क्षेत्रका दर्जनौं स्थानमा सडक अवरुद्ध भइ सवारी जाममा पर्ने गरेको उनले बताए ।
उनले भने, यतीमात्र पिडा का छ र? सागुँरो सडकमा भगवान भरोसामा यात्रा गर्न बाध्य हुनु पर्ने । धन्नै धन्नै सडकको छेउमै गाडी झुण्डिएको कहाली लाग्दो तश्बिरले त आँङ नै सिरिङ्घ हुन्छ ।

‘सडकको अवस्था दयनीय हुनुमा राजनीतिक नेतृत्वको कमजोरी छ, पद र कुर्चीकै लागि लडाइँ गरिरहेका नेताले गरिब र विपन्न नागरिकको दुःख कहिल्यै बुझेनन’, कार्किले भने, ‘राजमार्गमा यात्रा गर्दा कहिलेसम्म सास्ती खेप्नुपर्ने हो थाहा छैन ।’

सवारी चालक कार्कि मात्र हैनन् यस राजमार्गमा यात्र गर्ने यात्रुको सुनिनसक्नु पिडा सनाउछन । ट्रयाक ओपन भएको डेढ दशक पुग्दा पनि सडकको अवस्था सुधार हुन नसकेको तिलागुफा नगरपालिका–६ जुविधा निवासी उर्मिला शाहीले बताइन् । ‘राजमार्ग हुँदै यात्रा गर्ने यात्रुहरुले असाध्यै दुःख पाएका छन’, घरै छेउको राजमार्गलाई दिनुहुँ नियाल्दै आएकी उर्मिला भन्छिन्, ‘सडक गुणस्तरीय र दिगो रुपमा स्तरोन्ती भए कर्णालीका जनताले सुख पाउँथे कि?’ आँखाको अगाढी सडकको छेउमाा गाडी झुण्डिएका सवैले देखे, तर, हामिले भोट दिएर माथी पुगेका माननिनय मन्त्रीहरुले अझै देखेनन्। भगवान भरोषामा यात्रा गर्न बाध्य छौँ ।

राजमार्ग अन्तर्गत दैलेख खण्डको सियाँला, जाक्सी, राकमकर्णाली, घट्टेखोला क्षेत्रमा सडकको अवस्था नाजुक छ । यस्तै कालिकोट सडकखण्डको सुनारखोला, टाकुल्ला, सेरिघाट पिली क्षेत्रमा यात्रुले सास्ती बेहोर्नु परेको छ भने दुर्घटनाको उच्च जोखिम छ । पुलमा पहिरो खसिरहेको छ । पहिरोले पुलको दाँया बाँया क्षति पु¥याउन थालिसकेको छ । कर्णाली विकासको मेरुदण्ड मानिएको कर्णाली राजमार्गको सुर्खेत–जुम्ला सडकको कालोपत्रे वर्षदिनसम्म पनि टिक्दैन । कर्णाली राजमार्गअन्तर्गत सुर्खेत–जुम्ला सडक खण्ड २ सय ३२ किलोमिटर छ ।

नागरिकका दुःखबारे स्थानीय, प्रदेश तथा सङ्घीय सरकार सबैलाई थाहा भए पनि नागरिकहरुको बाध्यता र समस्याप्रति तीनवटै सरकारको गम्भीर ध्यान जान नसक्दा नागरिकहरुले यात्रापिच्छे दुःख भोग्नु परेको खाँडाचक्र नगरपालिका– ५ का सर्पानन्द्र चौलगाईले बताए । “नागरिकको नजीकमा स्थानीय सरकार छ । त्यसले नै हाम्रा दुःख नजिकबाट बुझ्नुपर्ने हो, त्यो देखिएन,” युवा चौलगाँइले भने, “कर्णाली जस्तो विकट भूगोल, गुणस्तरहीन सडकको स्तरोन्नतिमा प्रदेश र सङ्घ सरकारले समेत प्राथमिकतामा राख्न सकेका छैनन् ।”

कर्णाली राजमार्गमा देशका मै हूँ भन्ने नेताले स्थलगतरूपमा यात्रा गरे पनि यसको स्तरोन्नति गर्नका लागि पर्याप्त बजेट विनियोजन नगरिनु र कामको जिम्मा लिएका निर्माण व्यवसायीहरुले समयमै कार्य सम्पन्न नगर्नुले यात्रुहरुले सास्ती भोग्नु परेको उनको भनाइ थियो । उनका अनुसार नागरिकका बारेमा सङ्घीय एवं प्रदेश संसद्मा धेरै कुरा उठे पनि त्यसको कुनै पहल हुनसकेको छैन ।

यात्रुको बिजोग, साहुजीको व्यापार

सामान्य बाटो बिग्रँदा कर्णाली राजमार्गमा यात्रुहरुले छ घण्टादेखि ३६ घण्टा सडकमा कुर्नु पर्दछ । यात्रामा धेरैले मिठो खान, सहज बसाइ गर्न र न्यानो आतिथ्यता पाउन सक्ने अवस्था छैन । धेरैले दुःख पाउँछन् । यात्रुको दुःख सडक छेउका स्थानीयहरुलाई कमाउने अवसर हुन्छ ।
अरु बेला सामान्यतः रु पाँच पर्ने रोटी सडक अवरुद्ध हुँदा रु २५ मा यात्रुले खानुपर्ने बाध्यता आइलाग्ने गरेको यात्रु उज्ज्वल शाहीले दुखेसो गरे । “सडक बिग्रँदा यात्रुहरुले गुमाउँछन् तर त्यसलाई अवसर पारेर सडक छेउछाउका व्यापारीहरुले कमाउँछन्,” उनले भने, “आखिर यसको मारमा यात्रुहरु नै पर्छन् । कर्णाली राजमार्गको यो दुर्दशा गाडी सञ्चालन भएदेखि भोग्दै आएका छौँ ।”

सरिप श्रेष्ठले वुटवलबाट चाउचाउ ल्याएर जुम्ला पुगेको एक दिन भयो। उनी फर्केर बिचबाटोमा पहिरोमा परे। ५ दिन लगाएर जुम्ला पुगेका उनी अब भैरहवा कहिले पुग्ने बारे सोचिरहेका छन्। यात्रा निकै कठिन भयो। अगाडि पछाडि पहिरो बीचमा अलपत्र समेत परियो। पाँच पटक जुम्ला आइसकेका उनले भने,‘कर्णाली सडकमा जस्तो कष्टकर यात्रा कुनै सडकमा पनि भोगिएन् । यहाँ न सरकार समयमै पुग्छ, उनले भने,‘सरकारले निर्माणको जिम्मेवार दिएका ठेकेदार नै। पहिरो गएपछि ब्यापार गर्न पाइन्छ भन्ने मानिसकता सबैमा जब्बर छ। ’
दुखका कुरा सुनाइ साध्यछैन् । कर्णाली सकडमा मृत्यु मार्गको रुपमा परिचित थियो। त्यो उपमा बाट अहिले सम्म पनि हट्न सकेको रहेनछ । नविन भन्छन्,’‘कर्णाली राजमार्गको दैलेख खण्ड देखि नाग्म सम्म दसवटा हेभि इक्युपमेण्ट राख्नुपर्छ । अहिले भइरहेको काम दिगो हिसावमा हुनेवाला छैन् । सरकारी पैसा खर्च भइरहने तर काम दिगो नहुने प्रकारले कर्णालीमा काम हुँदोरहेछ । ’

वर्खामा हिलाम्बे हिउँदमा धुलाम्बे

कर्णाली राजमार्ग हिउँदको महिनामा धुलाम्मे हुन्छ भने, वर्खाको समयमा सधै हिलाम्मे हुदा यात्रा कस्टकर नै हुने गर्दछ ।
राजमार्ग निर्माण भएदेखी सरकारले यसको मर्मतमा मात्र सानो तिनो वजेट हाल्ने ठेकादारको लाप्रवाहीले टालटुलमै वजेट सकिदै आएको छ । वर्षेनी खाल्डाखुल्डी पुर्ने वजेट आउने ठेकदारको लाप्रवाहीले काम गुणस्तरहिन कामले अहिले सम्म कर्णाली राजमार्गमा यात्रा गर्ने यात्रुले सास्ती खेपिरहनु परेको छ ।
यस्ता पिडादायी कर्णालीका हरेकौँ समस्याका लागी सरकारले कुनैपनी चासो दिन नसक्दा लामो समयदेखी पिडा सहन वाध्य छन कर्णाली वासीहरु ।

राज्यले एकपटक विषेश नजर लगाउनु पर्छ ः प्रमुख जिल्ला अधिकारी

कर्णाली राजमार्गका पिडा अहिलेका हैनन् लामो समयदेखी सुनिराखेका थियौँ अहिले भोग्न बाध्य भएको प्रमुख जिल्ला अधिकारी रामहरी शर्माले बताए ।
जसले भाग्छ उसले मात्र थाहा पाउछ भनेझै भइराछ । यसको लागी एक पटक राज्यले यो कर्णाली राजमार्गको सडकको स्तारोन्तीका विषयमा गम्भिर भएर सोच्नु पर्छ शर्माले भने,’ मृत्यु मार्गका रुपमा चिनिनु परेको छ । तर, कर्णाली सम्वृद्धीको खानी पनी छ । यसमा राज्यको नजर लाग्नु पर्छ । वर्षेनी आउने वजेट राजमार्गका खाल्डा खुल्डी टालटुलमै सकिदो रहेछ गुणस्तर कहिले नहुने ।
जती वजेट आएपनी राजमार्गको अवस्था जस्ताको तस्तै छ । वर्खामा अहिले पहिरोले बाटो अवरुद्ध भएमा हामिले स्थानिय तह र सडक डिविजन कार्यालय संग सहकार्य गरेर बाटो खुलाउने काम गरिरहेका छौँ । सडकको समस्या दिगोरुपमा सावधान गर्न संघिय सरकारले चासो देखाउनु पर्ने शर्मा बताउछन् । ,

दश वर्षको अवधिमा एकसय ९२ सवारी दुर्घटना

दश वर्षको अवधिमा कालिकोट सडक खण्डमा मात्र एकसय ९२ वटा सवारी दुर्घटना भएको पाइएको छ । जिल्ला प्रहरी कार्यालय कालिकोटका अनुसार २०६८ सालदेखी अहिले सम्म एक सय ९२ वटा सडक दुर्घटनामा ८९ जनाको मृत्यु भएको छ भने २ सय ३४ जना घाइते भएका छन ।

यस्तै जुम्ला र दैलेख सडक खण्डमा पनी संयौँ जनाको सवारी दुर्घटनाबाटै मृत्यु भएको छ ।
कर्णालीको राजधानी विरेन्द्रनगर सुर्खेतबाट जुम्ला जोड्ने सडक हो कर्णाली राजमार्ग। सुर्खेतबाट दैलेख, कालिकोट हुँदै कर्णाली नदिको किनारै किनार भएर जुम्ला पुग्ने मार्ग अर्थात कर्णाली राजमार्ग । विश्व बैंकको आर्थिक सहयोगमा निर्माण भएको राजमार्ग २०६३ चैत्रबाट सञ्चालनमा आएको थियो।

साँघुरो, हिलाम्य र खाल्डाखुल्डीका कारण राजमार्गमा यात्रा गर्ने यात्रुले वर्षेनी सास्ती खेप्दै आएका छन्। राजमार्गमा हुने सडक दुर्घटनाले वर्षेनी सयौं यात्रुले ज्यान गुमाउनु परेको छ।

सडक मर्मत गुणस्तरीय नहुँदा यात्रु र चालकले सास्ती बेहोर्दै आएका छन् । ठाउँ–ठाउँमा सडक हिलाम्य बनेको छ भने कयौँ स्थानमा सडक भाँसिएको छ । राजमार्गको स्तरोन्नतिका लागि सरकारले वर्षेनी बजेट विनियोजन गरे पनि टालटुलमै सकिने गरेको छ । बनेका काम पनि गुणस्तरहीन हुँदा पनि सडक जीर्ण बनेको हा े। कालीकोटकै बासिन्दा महेन्द्रबहादुर शाही कर्णाली प्रदेशको मुख्यमन्त्री भएको बेला पनि कर्णाली राजमार्गको स्तरोन्नति हुन नसक्नु दुःखद भएको स्थानीय बताउँछन् ।