Loading... आजः २३ मंसिर २०७९, शुक्रबार

सेनेटरी प्याड लिन किशाेरीकाे हातमा स्मार्ट कार्ड

कालिकाेट : जिल्लाकाे शुभकालिका गाउपालिकामा छात्राहरुलाई सेनेटरी प्याट बितरण सहज बनाउन भेन्टिङ्ग मेशिन जडान गरिएकाे छ । उपाध्यक्ष छात्रा शैक्षिक सुधार कार्यक्रम अन्तरगत छात्राहरुलाई सहज रुपमा सेनेटरी प्याड बितरण गर्नका लागि बिद्यालयमा भेन्डिङ्ग मेशिन जडान गरिएकाे हाे ।
छात्राहरुलाई महिनावारी हुदा नियमित बिद्यालय आउन सहज बनाउन गाउपालिकाले दिने निशुल्क सेनेटरी प्याड बितरण हुँदै आएकाे छ । उक्त प्याडलाई छात्राहरुले आफ्नाे आबश्यकता अनुसार सहज रुपमा लिन बिद्यालयमा भेन्डिङ्ग मेशिन जडान गरिएकाे गाउपालिका उपाध्यक्ष धर्मा शाहीले बताईन् । शुभकालिका गाउपालिकाको दहाल आधारभुत विद्यालयमा समाज परिवर्तनका लागी हाम्रो अभियान भन्ने मुल नाराका साथ स्मार्ट सेनेटरी प्याड भेन्डिङ्ग मेसिन जडान गरिएको उनले बताईन । रेड इन्टरनेशनलले उत्पादन गरेको स्माट सेनेटरी प्याड भेन्डिङ्ग मेसिन उपाध्यक्ष छात्रा शैक्षिक सुधार योजना अन्र्तगत विद्यालयमा जडान गरिएको हो ।
भेन्डिङ्ग मेसिनको जडान पश्चात बिद्यालयमा महिनावारीको समयमा सहज रुपमा आफै प्याड लिन मिल्ने र बिद्यालय आउन पनि सहज हुने दहाल आधारभुत बिद्यालयकी छात्रा यमुना बोहोराले बताईन । उनले भनिन्, बिगतमा बिद्यालयमा महिनावारी हुदा प्याड माग्न सकिँदैन थियाे । अब कार्ड हातमा हुन्छ । मेशिनबाट एटिम प्रयाेग गरेर पैसा निकाले जस्तै प्याड निकालिन्छ । जसले बिद्यालय नियमित आउन सहज हुन्छ ।
भेन्डिङ्ग मेशिनको उद्घाटन गर्दै शुभकालिका गाउपालिका उपाध्यक्ष धर्मकला शाहीले महिनावारी भएपछि कतिपय छात्रा विद्यालयमा नआउने भएकाले छात्रालाई विद्यालयमा नियमित बनाउनका लागि स्मार्ट सेनेटरी प्याड भेन्डिङ्ग मेसिन जडान गरिएको बताईन् । उनले भनिन्, सानाे व्याकअपमा पनि सजिलै कार्ड प्रयोग गरेर प्याड निकाल्न सकिने र छात्रालाई मागि रहनु नपर्ने, आफुलाई चाहिएको बेला सहजै प्राप्त गर्न सक्ने भएकाले याे मेशिन बिद्यालयमा निकै उपयाेगी छ । गाउपालिकाका सबै सामुदायिक विद्यालयमा भेन्डिङ्ग मेसिन प्रयोगमा ल्याउने तयारी छ ।


कार्यक्रममा महिला तथा बालबालिका शाखा प्रमुख अमृता अधिकारीले छात्राको समस्या समाधानका लागि गाउपालिकाले खेलेको भुमिका महत्वपूर्ण रहेको बताईन् । उनले मेसिन जडानसँगै दिर्घकालीन व्यवस्थापनका लागि पनि सहयाेग गर्नु पर्ने माग गरिन् । कार्यक्रममा गाउपालिका अध्यक्ष गोबिन्दप्रसाद आचार्यले बिद्यालयमा भेन्डिङ्ग मेशिन जडान हुदा महिनावारी हुँदा छात्राले विचमै कक्षा छोड्नुपर्ने समस्याको समाधान हुने बताए । सामान्य तया ११ वर्षको उमेरदेखि महिनारी समय सुरु हुने भएकाले कतिपय छात्रा लाजले विद्यालय नआउने हुँदा अव छात्रालाई नियमित विद्यालय आउनमा टेवा पुग्ने उनकाे भनाई छ ।
कार्यक्रममा शुभकालिका गाउपालिका वडा न ४ का अध्यक्ष प्रदिप चौलागाई, वडा नं ५ का अध्यक्ष मिमबहादुर शाही, वडा नं ७ का अध्यक्ष प्रेम बहादुर शाही, निमित्त प्रमुख प्रशासकिय अधिकृत केन्द्रबहादुर शाही, शिक्षा शाखाका प्रास ऐनबहादुर शाही, स्वास्थ्य शाखा प्रमुख गणेशबहादुर शाही, बिद्यालयका शिक्षक, बिद्यार्थी लगायतका सराेकारवालाहरुकाे सहभागिता रहेको थियो ।