Loading... आजः ७ बैशाख २०८१, शुक्रबार

प्रहरीद्धारा बसपार्कमै नागरिक सहायता कक्ष संचालन

सुर्खेत- प्रहरीले कर्णाली प्रदेशको राजधानी सुर्खेतमा रहेको सिटी बसपार्कमा नागरिक सहायता कक्ष संचालन गरेको छ । जिल्ला प्रहरी कार्यालय र ट्राफिक प्रहरी कार्यालय सुर्खेतको समन्वयमा कर्णाली तथा आसपासका जिल्लाहरुमा यात्राको थालनी हुने बिरेन्द्र नगरपालिका सुर्खेतमा रहेको सिटी बसपार्कमा नागरिक सहायता कक्ष संचालनमा ल्याएको हो ।


प्रहरीले सडक सभ्यता हाम्रो चाहाना, सुरक्षित यात्राको शुभकामना भन्ने नारा सहित बिजया दशै, शुभ दिपावली तथा छर्ट पर्वलाई लक्षित गर्दै यात्रुहरुको सहजताका लागि सुर्खेत बसपार्कको गेटमै नागरिक सहायता कक्ष संचालन गरेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रमूख एसपी पदमबहादुर बिष्टले बताए । उनले भने, हाम्रो लक्ष्य भनेको नागरिक सहायता कक्षमार्फत बसपार्कमा यात्रुहरुले खेप्ने हैरानी रोक्ने, भाडामा हुने ठगि नियन्त्रण गर्ने, बसपार्कमा हुने अन्य अपराधिक क्रियाकलापहरुलाई नियन्त्रण गर्नु हो । यो नागरिक सहायता कक्षलाई प्रभावकारी बनाउदै सुर्खेतबाट बिभिन्न जिल्ला जाने यात्रुहरुको सुखद र सफल यात्राको कामना गर्ने छौँ ।


नागरिक सहायता कक्षको उद्घाटन कार्यक्रममा यातायात व्यवसायी संकका प्रतिनिधि रमेश खड्काले हामी यात्रुहरुलाई सहजपुर्ण यात्राका लागि लागिरहेको बताए । उनले भने, समितिका तर्फबाट म प्रतिबद्धता जनाउछु । यहाँबाट यात्रा थालनी गर्ने कुनै पनि यात्रुहरुले अनावश्यक दुख पाउनुहुने छैन् । भाडामा ठगिनुहुने छैन् । भाडादर काउन्टरमा टासेका छौँ । सोही अनुसार टिकट काटेर मात्र यात्रुहरुलाई गाडीमा सवार गरिनेछ । केही समस्या परे प्रहरीको सहयोग लिनेर्छौँ । कार्यक्रममा नेपाल पत्रकार महासघ सुर्खेतका अध्यक्ष ललित बस्यालले नागरिक सहायता कक्ष प्रभावकारी बनाएर बसपार्कमा यात्रुहरुलाई सहज बनाउनुपर्ने बताए । उनले भने, यो सहायता कक्ष त्यति बेला प्रभावकारी भएको मानिने छ । जतिबेला चार्डपर्वका बेला यात्रा गर्ने यात्रुहरुले बसपार्कबाट सहज रुपमा नठगिएर सुरक्षित यात्रा गर्न पाउनेछ । सेवाग्राहीले सास्ती खेपेको हामीले गुनासो सुन्न नपरोस ।


बिजया दशमी र शुभ दिपावलीको अवसरमा गाडीमा यात्रुहरुको चाप बढ्ने भएकाले यात्रुहरुको समस्यामा प्रहरीको साथका लागि बसपार्क गेटमा नागरिक सहायता कक्ष संचालन गरिएको हो । प्रहरीले यहाँबाट यात्रा गर्दा जुनसुकै समस्या आएपनि नागरिकहरुले सहजै प्रहरीसँग भन्ने र प्रहरीले समाधानका लागि सहयोग गर्ने जनाएको छ । विगतका बर्षहरुमा कर्णाली राजमार्गमा ठुला ठुला सडक दुर्घटना धेरै भए । एक दुई बर्ष यता यस राजमार्गका ठुला सडक दुर्घटनामा कमी आएको छ । सवारी चालक र यात्रुहरुले के कस्ता सहजताहरु अपनाउनुपर्छ भन्ने बिषयमा सचेतना जोगाउने अभियान पनि थालिएको छ । नेपालीहरुको सबै भन्दा ठुलो चार्ड बिजया दशमीमा कोही पनि नठगिउन, कोही पनि दुर्घटनाको शिकार नबनुन्, कोही कसैले पनि सडकमा यात्रा गरिरहदा असुरक्षित भएको महसुस नगरुन् र गाडीको क्षेमता अनुसार नै यात्रुहरु यात्रा गर्नका लागि प्रहरी निगरानी बढाएका छ ।