Loading... आजः २३ मंसिर २०७९, शुक्रबार

भरीदै गाँउ, रित्तिदै सहर

कालिकोट- जिल्लामा बिजया दशमीको चहलपहल सुरु भएको छ । जिल्ला सदरमुकाममा तथा जिल्ला बाहिर रोजगारी, व्यपार व्यवसाय तथा अन्य काम गर्दै आएका अधिकांश स्थानिय नागरिकहरु गाँउ फर्किन थालेका छन् । दैनिक जसो गाँउतिर जाने सवारी साधनहरुमा यात्रुहरुको खचाखच भीड लाग्ने गरेको छ भने सहर तिर जाने गाडीहरु दिन प्रतिदिन खाली गुड्न थालेका छन् । नेपालीहरुको महान चार्डका रुपमा मानिदै आएको बिजया दशमीमा आफ्ना अभिभावहरुको हातको टिका थाप्न र आश्रीबाद लिन बिभिन्न काम र अध्यायनको लागि सहरमा बस्ने नागरिक तथा बिद्यार्थीहरु सबै गाँउ केन्द्रीत भएका हुन् ।
जिल्लामा करीव ३८ वटा सरकारी कार्यालयहरु रहेका छन् । जिल्लामा क्रियाशील करीव एक दर्जन गैैरसरकारी निकायहरु सक्रिय रहेका छन् । हाल सरकारी कार्यालयमा कर्मचारी निकै कम छन् भने गैरसरकारी निकायमा समेत कर्मचारी दशै बिदामा घर तिर लाग्न थालेका छन् । जिल्लामा रहेका सुरक्षा निकायका प्रमूखहरु बाहेक सबै सरकारी निकायहरु पनि शुनशान छन् । जिल्लाका सुरक्षा निकायका प्रमूखहरु जिल्लाको शान्ति सुरक्षाका लागि बिदा नमिल्ने भएकाले जिल्ला कुरीरहेका छन् ।
जिल्लाको सदरमुकाम मान्म बजारमा व्यपार व्यवसाय गर्ने व्यपारीहरु पनि दशैकै लागि गाँँउ जाने तयारीमा लागेका छन् । दशै तिहारको लागि सामान लिन आउने ग्राहकहरु पनि कम हुँदै गएकाले आफुहरु गाँँउजाने तयारीमा रहेको मान्म बजारका व्यपारी बलप्रसाद संज्यालले बताए । उनले भने, सदरमुकाममा ग्राहकहरुको चहलपहल घट्दै गएको छ । अधिकांश मानिसहरु गाँउ केन्द्रीत भएका छन् । अब आफुहरु पनि पसल बन्द गरेर दशै मान्नका लागि गाँँउ जाने तयारीमा छौँ । कर्णाली करिडोरमा जीप चलाईरहेका जीप चालक महेश न्यौपानेले जिते बजारबाट गाँउतिर जाने यात्रुहरुको भीड हुन थालेको बताए । उनले भने, गाँउबाट फर्किदा दश जनाको सिट भएको जीपमा एक दुई जना लिएर फर्किन्छौ । तर गाँउतिर जाँदा यात्रुहरुको खचाखच भीड भएकाले यात्रुहरुलाई पालै पालो टिकट काटेर सबै जीपहरु भरिभराउ भएर जान्छन् । नेपाली सेनाद्धारा ट्याक खोलिएको निर्माणाधिन कर्णाली करिडोरमा हाल १८ वटा रारा कर्णालीका जीप, ४ वटा बुलबुले यातायात समितिका जीपहरुका साथै अन्य केही नीजि जिपहरु संचालन भईरहेका छन् ।
जिल्लाबाट रोजगारीका लागि धेरैजसो युवाहरु कलापाहाड (भारत) तिर जाने गरेका छन् । उनीहरु पनि क्रमिक रुपमा एक पछि अर्को गाँउ आउन थालेका छन् । बडा दशैमा अभिभावकहरुको हातको टिका लगाउदा ठुलो आशिष पाईने, दुर्गाको शक्ति प्राप्त हुने र पारिवारीक सदुभाव बढ्ने धार्मिक विस्वासका साथ परदेशिएका युवाहरु पनि गाँउ फर्किन थालेका छन् । जिल्लाबाट गुणस्तरीय शिक्षा हासिल गरी भविश्य खोज्न सहर तिर झरेका बिद्यार्थीहरु पनि दशै बिदामा गाँउ केन्द्रीत भएका छन् । जिल्लामा बिजया दशमी तथा शुभ दिपावलीको अवसरमा बिभिन्न राजनीतिक दल, संघ संस्थाहरुले दिन प्रतिदिन शुभकामना आदान प्रदान कार्यक्रम पनि गरिरहेका छन् ।