सहिद बनाउने र परिवारको बिचल्ली बनाउने प्रचण्ड हुन –ओली
कालिकोट- नेकपा एमालेका अध्यक्ष एवं पुर्व प्रधानमन्त्री केपी शर्मा आलीले मान्छेलाई सहिद बनाउने तर सहित परिवारलाई नहेर्ने प्रचण्ड घाती मान्छे भएको आरोप लगाएका छन् । उनले कालिकोटको रास्कोट नगरपालिकामा एमालेले आयोजना गरेको चुनावी आमसभालाई सम्बोधन गर्दै उनले द्धन्द्धकालमा मान्छेलाई जबरजस्ती सहिद बनाउने, घाईते बनाउने, बेपत्ता पार्ने तर उनीहरुका परिवारलाई ब्यवास्था गर्ने प्रचण्ड धोकेवाज भएको आरोप लगाएका हुन् । उनले जनताका छोरा छोरीहरुलाई सहित, अपांगता र बेपत्ता बनाएर प्रचण्डले आफ्ना परिवारलाई अवसर दिने गरेको बताए ।
उनले संसद बिघटन गरेर एमालेले प्रतिगमन नगरेको बताए । उनले भने, दुई तिहाई कम्यूनिष्टको सरकार ढाल्न प्रतिक्रियाबादीहरुको प्रचण्ड मतियार भए । त्यसका बिरुद्ध न्याय खोज्दै जनताका बीचमा जान संसद बिघटन गर्नु मेरो स्वभाविक प्रक्रिया हो । सिद्धिन लागेको माओबादी बचाउन औलो समाउन दियौँ । हिडायौँ । प्रचण्डलाई सह अध्यक्ष बनाएको थिए । बिशाल पाटीको नेता बनाएको थिए । प्रगतिशील बाम शक्ति बनाएर देश बनाउने शक्ति निर्माण गरेका थियौँ । सबै ठाँउमा आफु अल्पमत पर्ने गरी विस्वासले प्रचण्डलाई स्थान दिए । बहुमत पाउने बित्तीकै लोभी पापीले बद्मासी गरे । सिद्धिन लागेको बेला साथ दिए, हात दिए तर अरुको इसारामा चल्नेहरुले घात गरे । प्रचण्डले एकता चाएनन् । धोका दिए । प्रचण्डले आफ्नो घरमा आगो लगाएर अर्काको घरमा श्ररण लिन गए । उनले सहमति च्याते ।
ओलीले भने, दुई तिहाई सरकारका बिरुद्ध षड्यन्त्र भएपछि जनताका बीचमा जानु प्रतिगमन हैन् । अग्रगमन हो । सांसदले प्रधानमन्त्री बनाउने हो । अदालत गएर जालीझेली गरी प्रधानमन्त्री बनाउनु बिधि बिपरीत हो । प्रचण्ड बिश्वलाई ढाँटे्न पछि पर्दैनन् । उनी केही समय अगाडी जापान जाँदा त्यहाँका पुर्वप्रधानमन्त्री जो नेपाल आएका थिएनन् । उनको नेपाल भ्रमणका बेला आफुसँग तीन पटक भेटेको र राम्रो मित्रता भएको भनेर दुनियाँ सामु ढाँटेका थिए । त्यसरी नै अहिले जिल्ला जिल्लामा गएर मन्त्री बनाउछु भन्दै ढाँड्दै हिडेका छन् । प्रचण्डले आफ्ना आसेपासेलाई मन्त्री बनाउदा जनताले के पाउछन् । जनताले विकास र समृद्धि पाउन एमाले जित्नुपर्छ ।
उनले भने, कालिकोट दुर्गम जिल्ला छ । यहाँ पक्की सडक अझै पुगेको छैन् । कच्चि सडक पक्की बनाउनुछ । विकटतालाई सुगमतामा परिर्णत गर्नुछ । यसका लागि एमालेले चुनाव जित्नुपर्छ । उनले थपे, यो निर्बाचन बिगतको जस्तो हैन्, असाधारण महत्वको फैसलाको निर्बाचन हो । मुलुकलाई दिशा निर्देश गर्ने हो । राष्ट्रियता, स्वाधिनता, स्वतन्त्रता, भौगोलिक अखण्डता, राष्ट्रिय हितको संरक्षण गरी देशको गौरब ढाउने निर्बाचन हो । फुटेका हाडीका खप्टा जोडेर बनाएको गठबन्धनले जनताका हित भन्दा आफ्नो स्वार्थ मात्र हेरेको छ । यि बिकाउ मालहरुलाई जनताले आगामी मंसिर ४ को चुनावबाट ठेगान लगाउनुपर्छ । कम्यूनिष्ट आन्दोलन बर्बाद हुनबाट जोगाएका छौँ । यसलाई थप बलियो बनाउनुछ ।
उनले २०५१ सालमा एमालेको सरकारले ल्याएको आफ्नो गाँउ आफै बनाउन भन्ने कार्यक्रबाट भएको गाँउ विकास बाहेक खासै परिवर्तन नभएको बताए । उनले भने, उक्त एमाले सरकारले गाँउको विकासको सुरुवात गरेको थियो । बृद्ध भत्ता दिएर नागरिकको सामाजिक सुरक्षा बढाएको थियो । यसले विपन्न नागरिकको लागि ठुलो राहत पुगेको छ । अहिले बर्षको १ हजार ५ सय सेनेटरी प्याड खरीद गर्नका लागि महिलाहरुलाई नगद दिने प्रतिबद्धता गरेका छौँ । अन्य विकास र समृद्धिका एजेण्डाहरु हामीले अगाडी सारेका छौँ । यि सबै सपनाहरु साकार बनाउन जनताको बीचमा आएका छौँ । तपाईहरुले एमालेलाई साथ दिनुस, हामी समृद्धि दिनेछौँ ।
ई-कर्णाली खबर
२८ कार्तिक २०७९, सोमबार ०३:३६