Loading... आजः २२ मंसिर २०७९, बिहीबार

जसले आफै मत हाले

जिल्लाको खाँडाचक्र नगरपालिका वडा नं. १ की ७० बर्षकी जेष्ठ नागरिक छम्मा टमट्टाले यस पटक आफै भोट हालिन् । विगतका निर्बाचनहरुमा उनको भोट छोरा, बुहारी, अन्य वारीसेले हालिदिन्थ्ये । उनको हातमा रङ मात्र लगाईन्थ्यो । तर उनले यो मंसिर ४ गते भएको प्रदेश सभा तथा प्रतिनिधि सभा सदस्य निर्बाचनमा उनले कसैलाई पनि वारीसे भोट हाल्न दिईनन् । निर्बाचन अधिकृतकै सामु म आफै भोट हाल्छु भनेर भनिन् । मत पत्रमा औठाछाप लगाएर मत हाल्न गईन् ।
यस्तै खाँडाचक्र नगरपालिका वडा नं. १ कै ६८ बर्षिया जेष्ठ नागरिक तुल्छा विकले पनि यस पटक आफै भोट हालिन् । उनले आफ्नो मताधिकार आफै प्रयोग गर्छु भनिन् । विगतका निर्बाचनहरुमा उनको भोट छोराले हालिदिन्थ्ये । तर यस पटक उनले भोट हाल्न आफ्नै छोरोलाई पनि दिनन् । मेरो भोट आफै हाल्छु भनेर भोट हाल्न गईन् । जिल्ला सदरमुकाम स्थित प्रतिमाचौक कजीकै बालमन्दीर मतदात केन्द्रका मतदान अधिकृत सरोज अधिकारीले भने, प्राय जेष्ठ नागरिकहरुको भोट हाल्न वारीसे आँउथ्ये । तर यो मतदान केन्द्रमा धेरै जेष्ठ नागरिकहरुले आफै मत हाले । जेष्ठ नागरिकका आफन्तहरुले आफुले भोट हालिदिन्छौँ भन्दा पनि मानेनन् ।


यस्तै जिल्लाको पचालझरना गाँउपालिका वडा नं. ८ स्थित सरस्वति मावि मतदान केन्द्रमा ७८ बर्षका जेष्ठ नागरिक रत्नबहादुर शाहीले आफ्नो भोट आफै हाले । उनको भोट पनि बिगतका निर्बाचनहरुमा अरुले वारीसे हालिदिन्थ्ये । यो पटक उनी आफै मेरो भोट म आफै हाल्छु भनेर अरुलाई भोट हाल्न दिएनन् । मतदान अधिकृत चन्द्रप्रसाद कोईरालाले भने, विगतका निर्बाचनमा जेष्ठ नागरिकहरुको भोट वारीसे हाल्दै आएका समुदायबाटै जेष्ठ नागरिकहरु आफ्नो भोट आफै हाल्न तयार हुनु सुखद हो । यसले निर्बाचनको गरिमा बढाएको छ । धेरैजसो जेष्ठ नागरिकहरुले आफ्नो भोट आफै हाले ।
जिल्लामा विगतका निर्बाचनहरुमा आधा आधा मतहरु वारीसे नै हालिन्थ्यो । बिभिन्न बाहनामा भोटहरु वारीसे हालिन्थ्यो । यो पटक भने वारीसे भोटहरु निकै कम भयो । नागरिक समाजका अगुवा दमनराज बमले भने, जेष्ठ नागसिकहरु सचेत भए । आफ्नो मत दिनु भनेको मन दिनु हो । त्यो जो कोईलाई मन दान गर्न लगाईदैन् । आफुलाइृ मन परेको उम्मेद्वार चुन्नका लागि मतदाताहरु सक्षम भएको मान्नुपर्छ । यो निकै सकारात्मक कुरो हो । यसले निर्बाचनको निष्पक्षतालाई पनि बढाएको छ ।

कालिकोटमा ५७ प्रतिशत मतदान, मतपेटिका सदरमुकाम ल्याईदै

जिल्लामा प्रदेश तथा प्रतिनिधि सभा सदस्य निर्बाचनमा ५७ प्रतिशत मत खसेको छ । मुख्य निर्बाचन अधिकृतको कार्यालयका अनुसार जिल्लामा आईतबार सम्पन्न प्रदेश तथा संघिय निर्बाचनमा कुल ८० हजार ७ सय ३३ मतदाता रहेकोमा ४६ हजार ६ सय ६९ मत खसेको छ । जसमा २३ हजार १ सय २१ पुरुष र २३ हजार ५ सय ४८ महिला मतदाताहरुले मतदान गरेका छन् ।
गत बैशाख ३० गते सम्पन्न भएको निर्बाचनमा ७४ प्रतिशत मत खसेको थियो । उक्त निर्बाचन भएको ६ महिना पछि भएको निर्बाचनमा ५७ प्रतिशत मत खस्यो । जिल्ला निर्बाचन कार्यालयका कर्मचारी धनबहादुर मल्लले भने, विगतका निर्बाचनहरुको तुलनामा यो निर्बाचनमा निकै कम मत खसेको हो । २०७४ सालको संघिय निर्बाचनमा पनि ७० प्रतिशत भन्दा बढी मत खसेको थियो । पछिल्लो समय राजनीति प्रति नागरिकको बिकर्षण र गठबन्धनका कारण पनि जिल्लामा निकै कम खसेको यहाँका नागरिक समाजको बुझाई छ ।
शान्ति पुर्ण बाताबरणमा निर्बाचन सम्पन्न भएपछि जिल्लाका सबै मतदान केन्द्रबाट मतपेटिकाहरु ढुवानी गर्ने कार्य भईरहेको छ । जिल्ला प्रहरी प्रमूख जयस्वर रिमालले जिल्लाका ६ स्थानिय तहका मतदान केन्द्रहरुबाट मतपेटिकाहरु सदरमुकाम ल्याईसकेको बाँकी ३ वटा स्थानिय तह, रास्कोट नगरपालिका, पचालझरना गाँउपालिका र पलाँता गाँउपालिकाबाट सबै मतपेटिकाहरु सोमबार ढुवानी गर्ने तयारी रहेको जानकारी दिए ।
बिगतका निर्बाचनहरुमा जिल्लामा बिप्लव नेतृत्वको नेकपा लगायतका बिद्रोही समुहका कारण तोडफोड, बिबाद, बम बिस्फोट लगायतका धाँधलीहरु हुन्थ्ये । मतदाताहरुलाई निर्भिक रुपमा मतदान गर्न जाने बाताबरण हुदैन थियो । यो पटक पनि बिप्लव नेतृत्वको नेकपाले सुरु गरेको निर्बाचन खारेजी अभियानको प्रभावले सुरक्षा चुनौती हुने आकलन गरिएको थियो । यो जिल्ला नेकपाका पाटी प्रवक्ता खड्गबहादुर बिश्वकर्माको गृह जिल्ला भएकाले पनि थप जोखिमको आकलन गरिएको थियो । तर यो बर्ष बिगतका सबै निर्बाचनहरुको तुलनामा निकै शान्तिपुर्ण ढंगले निर्बाचन सम्पन्न भयो ।