Loading... आजः २३ मंसिर २०७९, शुक्रबार

कालिकोटमा मंगलबार १ बजेदेखी मत गणना सुरु हुने

कालिकोट- जिल्लामा प्रदेश तथा प्रतिनिधि सभा सदस्य निर्बाचनको मत गणना आज दिउसो १ बजेदेखी सुरु गरिने भएको छ । मंगलबार बिहान ८ बजे बसेको सर्बदलिय सर्बपक्षिय बैठकले दिउसो १ बजेदेखी ४ ठाँउमा एकै साथ मतगणना कार्य सुरु गर्ने निर्णय गरेको हो ।
मुख्य निर्बाचन अधिकृत एवं जिल्ला न्यायधिश भरत लम्सालको् अध्यक्षता, पुर्व मुख्यमन्त्री महेन्द्रबहादुर शाही, पुर्व मन्त्री प्रेमबहादुर सिंह लगायतका सबै राजनीतिक दलका नेता तथा उम्मेद्वारहरुका बीच मतगणनाका लागि आबश्यक सबै तयारीका बिषयमा सहमति गरी दिउसो १ बजेदेखी गणना कार्य सुरु गर्ने निर्णय भएको हो । जिल्लामा ५७ प्रतिशत मत खसेको छ । मुख्य निर्बाचन अधिकृतको कार्यालयका अनुसार जिल्लामा आईतबार सम्पन्न प्रदेश तथा संघिय निर्बाचनमा कुल ८० हजार ७ सय ३३ मतदाता रहेकोमा ४६ हजार ६ सय ६९ मत खसेको छ । जसमा २३ हजार १ सय २१ पुरुष र २३ हजार ५ सय ४८ महिला मतदाताहरुले मतदान गरेका छन् ।
भौगोलिक बिकटता र यातायात असुविधाका कारण जिल्लाका सबै पालिकाका मतपेटीकाहरु जिल्ला सदरमुकाम ल्याउन समय लागेकाले गणना कार्यमा ढिलाई भएको प्रमूख जिल्ला अधिकारी रामहरी शर्माले बताए । उनका अनुसार सोमबार राति ६ बजे मात्र सबै पालिकाका मतपेटीकाहरु सदरमुकाम पुगाईएको थियो । अब गणना दु्रत गतिमा हुने उनको भनाई छ ।