Loading... आजः २३ मंसिर २०७९, शुक्रबार

कालिकाेटमा महेन्द्रबहादुर शाहीकाे अग्रता, पछ्याउदै नेशनल

कालिकाेट : कालिकोटमा नेकपा (माओवादी केन्द्र) का महेन्द्रबहादुर शाहीले अग्रता लिएका छन् ।

पहिलो चरणका ३ मतान्तरले अग्रता लिएका नेकपा एमालेका नगीन्द्र शाही ‘नेशनल’ दोस्रो चरणमा २४९ मतान्तरले पछि परेका छन् ।

प्रतिनिधि सभातर्फको १ हजार १२ मतगणना गर्दा पुर्व मुख्यमन्त्री शाहीले ५७५ मत प्राप्त गरेका छन् भने एमाले नेता शाहीले ३२६ मत पाएका छन् ।

यस्तै राप्रपाका राप्रपा धन बहादुर बुढाले ३१, नेमकिपाका खड्ग राज शाही २१, स्वतन्त्र उम्मेदवार काशिचन्द्र बराल २१ र ३८ मत बदर छन् ।,