Loading... आजः २२ मंसिर २०७९, बिहीबार

‘फ्लोरक्रस’ वाला कुर्मराज शाही आफ्नै पालिकामा पछि परे

कालिकोट- कालिकोट प्रदेश सभा अन्तरगत (क) मा नेकपा एमालेबाट उम्मेदवार बनेका कुर्मराज शाही आफ्नै पालिकामा पछि परेका छन् । प्रदेश सभाको मतगणना उनको शुभकालिका गाउँपालिकाबाट सुरु गरिएको थियो ।
जस अन्तरगत शुभकालिका गाउपालिका वडा नं १ र २ मा १ हजार १२ मत गणना गर्दा उनी २६९ मतान्तरले पछि परेका छन् । उनका प्रतिस्पर्धी नेकपा माओवादी केन्द्रका दुर्गबहादुर रावत ५८८ मत ल्याउँदा शाही ३१९ मत पाए ।
०७४ मा सोही क्षेत्रबाट एमालेबाट नै चुनाव जितेका उनी प्रदेश सभामा नेकपा हुँदा देखिएको अन्तरसंघर्षका बेला ‘फ्लोरक्रस’ गरेर चर्चामा आएका थिए । उनी एमाले विभाजन भएपनि समाजवादीमा लागेका हुन् । टिकट वितरणको दिनमा समाजबादीले टिकट नदिएपछि रातारात एमालेमा प्रवेश गरेर टिकेट प्राप्त गरेका थिए ।