सुर्खेत १ मा कांग्रेस उप-सभापति खड्काको सुरुवाती अग्रता

सुर्खेत : सुर्खेत क्षेत्र नम्बर १ मा गएरातीदेखि जारी मतगणनामा नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले सुरुवाती अग्रता लिएका छन् । पछिल्लो मत परिणाममा ५१११ गणना हुँदा काग्रेसका खड्का २७८४ मतसहित अगाडी छन् । उनका प्रतिद्धन्द्धी नेकपा एमालेका धुर्वकुमार शाही २०९९ मत प्राप्त गरेका छन् ।
खड्काले ६८५ मतको अग्रता लिएका छन् । सुर्खेत १ प्रदेश ख गठबन्धनबाट माओवादी केन्द्रका कृष्ण जिसि २७४६ र एमालेका डण्डीप्रसाद शर्मा १५९८ मतसहति जिसीको अग्रता ११४८ रहेको छ । प्रदेशसभा सुर्खेत क्षेत्र नम्बर १ (क)मा कांग्रेसका खड्गप्रसाद पोखरेल २५९८ मत एमालेका ठम्मर विष्ट १८७१ सहित गठबन्धनभन्दा ७२७ मत पछाडि रहेका छन् ।
ई-कर्णाली खबर
७ मंसिर २०७९, बुधबार ०२:४१