Loading... आजः २ बैशाख २०८१, आईतवार

कालिकोट (क) मा गठबन्धनका दुर्गबहादुर रावत बिजयी, ‘फ्लोर क्रस’ गर्ने पुर्व मन्त्री कुर्मराज शाही पराजित


कालिकाेट : कालिकोटबाट प्रदेश सभा (क) मा नेकपा एमालेबाट उम्मेदवार बनेका पुर्व मन्त्री कुर्मराज शाही पराजित भएका छन् ।
उनलाई नेकपा (माओवादी केन्द्र) का दुर्गबहादुर रावतले पराजित गरेका हुन् ।
रावतले ९ हजार ११ मत सहित निर्वाचित हुँदा एमालेका शाहीले ७ हजार ९५२ मत पाए ।
यहाँ ३१ हजार मत खसेको थियो ।
कुर्मराज तिनै व्यक्ति हुन् जो ०७४ मा एमालेबाट सोही क्षेत्रबाट चुनाव जितेर प्रदेश सरकारमा मन्त्री बन्नकै लागि ‘फ्लोर क्रस’ गरेका थिए । समाजवादीको जिल्ला इञ्चार्ज समेत रहेका उनलाई एमालेले रातारात टिकेट दिएर पुनः सोही क्षेत्रबाट चुनाव लडाएको थियो।