Loading... आजः ७ बैशाख २०८१, शुक्रबार

हामी जनतासामु गरेका बाचा भुल्दैनौँ–शाही

कालिकोट- कालिकोटबाट प्रतिनिधि सभा सदस्यमा बिजय सांसद एवं कर्णाली प्रदेशका प्रथम मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले जनताका सामु गरेका बाँचा नभुल्ने प्रतिबद्धता जनाएका छन् । सयुक्त बाम लोकतान्त्रीक गठबन्धनका तर्फबाट शनिबार जिल्ला सदरमुकाम मान्म स्थित जिल्ला समन्वय समितिको खुलामञ्चमा आयोजित निर्बाचित सांसदलाई बधाई तथा मतदाताहरुलाई धन्यबाद दिने कार्यक्रममा बोल्दै शाहीले यस्तो बताएका हुन् ।
उनले निर्बाचनमा भाग लिने सबै राजनीतिक दल, तीनका उम्मेद्वारहरु, निर्बाचन सम्पन्न गर्न लागि परेका सबै कर्मचारी र आफ्नो अमुल्य मतदान गर्ने कालिकोटवासीहरुलाई सम्बोधन गर्दै भने, जिल्लाको समग्र विकास र समृद्धिको लागि जनताले देखेको सपना म पुरा गर्छु । गठबन्धनबाट बिजयी तीनै जना सांसदहरुले पुरा गर्नेछौँ । जिल्लामा निर्बाचनमा भाग लिएका अन्य राजनीतिक दलहरुले जनताका समु गरेका प्रतिबद्धता पुरा गर्ने जिम्मा पनि हामीलाई नै दिनुस । जिल्लाको विकास र समृद्धिका लागि सबै राजनीतिक दल र समुदायको सहयोग आवश्यक छ । हामी अब सबैका प्रतिनिधि हौँ । हामी साझा व्यवहार गर्दै जनताका सामु गरेका प्रतिबद्धताहरु जस्ताको त्यस्तै पुरा गर्न लागि पर्नेछौँ ।
उनले १० बर्षे जनयुद्ध र मुलुकका बिभिन्न राजनीतिक परिवर्तनहरुमा कालिकोटले ठुलो योगदान दिएको भन्दै यसको स–गौरब सम्मान गर्ने र जनताले अनुभुती गर्ने गरी विकास निर्माणको कार्य अगाडी बढाउने बताए । उनले भने, कालिकोटमा गठबन्धन भित्रका दलका नेता र जनसमुदाय सबैको सहयोगले हामीलाई कालिकोटबाट प्रदेश देखी संघिय संसदसम्म यहाँका आवाज बुलन्द गर्नजनताले जिम्मेवारी दिएका छन् । यो जिम्माबारीबाट कतै पनि अबिचलित हुने छैनौँ । यस्तै प्रदेश सभा ख बाट बिजयी सांसद हिक्मतबहादुर बिष्टले जनताको समृद्धिको सपना आफुहरुको जिम्मामा आएको भन्दै पुरा गर्ने बाचा गरे । उनले भने, हामी गठबन्धन दलका बिजयी तीनै जनाले सयुक्त प्रतिबद्धताहरु जनताका सामु पहिले सार्बजानिक गरेका छौँ । त्यसका आधारमा हामी क्रमिक रुपमा पुरा गर्न पहलकदमी लिनेछौँ । हामी जनताले दिएको जनमतको अपमान हुन दिने छैनौँ । देखिने, सुनिने र अनुभुति हुने गरी हामी काम गछौँ ।
यस्तै प्रदेश सभा क बाट बिजयी सांसद दुर्गबहादुर रावतले विगतमा आफुहरुले अगाडी बढाएका तर अधुरा रहेका जनताका सवालहरु यस पटक पुरा गर्ने प्रतिबद्धता जनाए । उनले भने, म २०७४ सालमा प्रतिनिधि सभा सदस्य थिए । त्यस बेला पहल गरेका, कतिपय सुरुवात गरेका हालसम्म अधुरा रहेका कामहरु पुरा गर्न फेरी लागिपर्नेछु । हामी गठबन्धनबाट बिजयी भएका तीनै जना सांसदहरु जिल्लाको विकास र समृद्धिका लागि एकताबद्ध भएर अगाडी बढ्ने छौँ । कार्यक्रममा नेपाली कांग्रेसका सभापती अम्बबहादुर शाही, एकिकृत समाजबादीका केन्द्रीय सदस्य तुलाराज बिष्ट, नेकपा माओबादी केन्द्रका केन्द्रीय सदस्य बिष्णु विक, जिल्ला संयोजक लक्ष्मी चौलागाई, महिला नेतृ गंगा खड्का, कांग्रेस नेताहरु मोतिराज बम, मीनबहादुर बोगटी, दमन शाही, समाजबादी नेता चित्रसिंह गाँउले लगायतका नेताहरुले नबनिर्बाचित सांसदहरुलाई बधाई दिदै जिल्लाको समग्र पिवकास र समृद्धिका लागि सबैले सहकार्य गरेर अगाडी बढ्नुपर्ने बताएका थिए ।