Loading... आजः ७ बैशाख २०८१, शुक्रबार

कालिकाेटकाे पचालझरनामा निशुल्क स्वास्थ्य शिविर

कालिकाेट : जिल्लाकाे पचालझरना गाउपालिकामा निशुल्क स्वास्थ्य शिविर संचालन गरिएकाे छ । महिलाहरुकाे पाठ्यघर मुखकाे क्यान्सर तथा सेताे पानी बग्ने, ढाड दुख्ने पिसाब पाेल्ने समस्या सम्बन्धि १ दिने अभिमुखिकरण तथा शिविर संचालन गरिएकाे हाे ।
पचालझरना गाउपालिका स्वास्थ्य शाखा आयाेजनामा भएकाे शिविरमा गाउपालिकामा रहेका महिलाहरुकाे पाठेघर खसेका तथा पाठेघरकाे मुखकाे क्यान्सर सम्बन्धि सम्भावित पहिचान भएका तथा आङ खस्ने सम्बन्धि समस्याकाे पहिचान गरि जटिल खालका बिरामीहरुरुलाई जिल्ला अस्पतालमा कालिकाेटमा रेफर गरिएकाे छ । पचालझरना गाउपालिका स्वास्थ्य शाखा प्रमुख बिरेन्द्र संज्यालले एक दिने शिविरमा ६० जना महिलालाहरुले सेवा लिएकाे बताए ।
जिल्ला अस्पतालका साथै अन्य सुविधा सम्पन्न अस्पतालमा गएर सेवा लिन नसक्ने ग्रामिण स्तरका महिलाहरुलाई शिविरले राहत दिएकाे गाउपालिका अध्यक्ष देबराज शाहीले बताए । उनका अनुसार गाउपालिकाले आयाेजना गरेकाे शिविरमा स्वास्थ्य सेवा कार्यालय कालिकाेटले प्राबिधिक सहयाेग गरेकाे थियाे ।