Loading... आजः १३ माघ २०७९, शुक्रबार

हरेक घरमा ‘पढाइ कुना’

सुर्खेत : कालिकाेटकाे नरहरीनाथ गाँउपालिका वडा नं. ३ की पार्वती विककी छोरी लक्ष्मी बिक रमा माविमा कक्षा ३ मा पढ्छिन् । उनी सधै बिद्यालय गएपनि घरमा पढ्ने बानी पटक्कै थिएन् । बिद्यालयबाट घर आउदा बिद्यालय पोषक र झोला जहाँ पायो त्यही फाल्थिन् । तर उनको घरमा पढाई कुना बनाएपछि उनको व्यवहारमा निकै परिवर्तन भएको छ । लक्ष्मीको घरको एक कोठालाई बिभिन्न शैक्षिक सामग्रीहरु टाँसेर सिकाईमैत्री कोठा अर्थात पढाई कुना बनाईयो । प्लान इन्टरनेशनल र नरहरीनाथ गाँउपालिकाको सहकार्यमा बालबालिकाको सिकाई स्तर बढाउन बनाईएको पढाई कुनाले लक्ष्मीको दैनिकी फेरीएको छ ।

लक्ष्मीको पढाई कुनामा कापी कलम, पोसा राख्ने ठाँउ छ । बिद्यालयबाट आएपछि त्यसै कोठामा झोला र बिद्यालय पोषाक राख्छिन् । हरेक दिन अभिभावकले समय दिएर छोरीको पढाईमा सहयोग गर्छन् । लक्ष्मीकी आमा पार्वति भन्छिन्, पहिले हामीलाई यस्तो पढाई कुना भन्ने थाहा थिएन् । प्लान इन्टरनेशनल संस्थाले सिकाए अनुसार घरमा पढाई कुना बनाएपछि छोरीको घरमै पढने बानी परेको छ । त्यो पढाई कुनामा हरेक दिन २ घण्टा छोरीले पढ्छिन् । आर्थिक अभावका कारण हामीले छोरीलाई कापी कलम, झोला जस्ता शैक्षिक सामग्री दिन पनि गारो हुन्थ्यो । यो संस्थाले शैक्षिक सामग्री पनि दियो । पढाई कुनाले आफुलाई मन पर्ने, आफुले बनाएका बिभिन्न चित्रहरु र पढाईसँग सम्बन्धि बिभिन्न बिषयबस्तु टाँसेकी छन् । त्यो कोठामा खुसीका साथ हरेक दिन पढ्न जान्छिन् । यो पढाई कुनाले मेरो छोरीको पढाईमा पनि राम्रो सुधार गरेकी छन् ।
नरहरीनाथ गाँउपालिका वडा नं. ३ कै पुजा बुढाको घरमा पनि पढाई कुना छ । उनी हरेक दिन बिद्यालयबाट घर आउदा पढाई कुना भएकै कोठामा जान्छिन् । उनले लगाउने कपडा, बिद्यालयका ड्ेस र शैक्षिक सामग्रीहरु त्यही राख्छिन् । उनी बिद्यालयबाट दिएको गृहकार्य त्यही गर्छिन् । त्यही कोठामा पढ्छिन् । पहिले उनको घरमा पढाई कुना नहुँदा नियमित पढ्ने बानी थिएन् । आजभोली नियमित पढ्छिन् । घरमा बुवा आमाले पनि नियमित पढे नपढेको बिषयमा सोध खोज गर्छन् । यसले नियमित गृहकार्य गर्ने, पढ्ने बानीको विकास हुनुका साथै शैकि सामग्रीको सुरक्षा र व्यक्तिगत सरसफाईमा निकै सुधार भएको छ । पुजा भन्छिन्, पढाई कुना बनाईएको कोठामा जाँउ जाँउ लाग्छ । पढौँ पढौँ लाग्छ । पहिले घरमा पढ्नै मन लाग्दैन थियो । बिद्यालय गएर पढ्ने हो जस्तो लाग्थ्यो । अहिले बिद्यालय भन्दा घरमा बनाईको पढाई कुनामा पढी बढ्न मन लाग्छ ।
पुजा र लक्ष्मीको घरमा मात्र हाईन् । नरहरीनाथ गाँउपालिकाका ५ सय ६३ घरधुरीमा पढाई कुना निर्माण गरिएको पढाई लेखाई सुधार परियोजना संयोजक दिक्ष भाटले बताईन् । प्लान इन्टरनेशनलको आर्थिक सहयोग, किर्डाक नेपालको सहजिकरण तथा नरहरीनाथ गाँउपालिकाको समन्वयमा संचालित पढाई लेखाई सुधार परियोजना मार्फत नगरहरीनाथ गाँउपालिकाका ९ वटै वडामा आर्थिक अवस्था कम्जोर, बिद्यालय पढाईमा पनि कम्जोर बिद्यार्थीको घरमा पढाई कुना निर्माण गरिएको उनले बताईन् । उनले भनिन्, बिद्यार्थीको सिकाई स्तर कम्जोर भएका परिवारमा अभिभावक शिक्षा कार्यक्रम मार्फत अभिभावकबाटै आफ्ना बालबालिकाको सिकाई सुधारका लागि पहिलो पाठ्शाला घर बनाउन असल अभ्यासको सुरुवात गरेका छौँ । जसबाट नरहरीनाथ गाँउपालिकाका ८ सय ४० बालबालिकाहरु प्रत्यक्ष रुपमा लाभान्वीत भएका छन् ।
नरहरीनाथ गाँउपालिकाका ८ वटा वडाका १२ वटा बिद्यालयको सेवा क्षेत्री भित्रका ३६ वटा समुदायमा कक्षा १ देखी ३ सम्मका सिकाई स्तर न्यून भएका, आर्थिक रुपमा बिपन्न दलित समुदायका १ हजार २ सय बालबालिकाहरुका लागि सिकाई केन्द्रहरु संचालन गरिएको छ । सिकाईलाई उत्सबका रुपमा मनाउन हरेक महिना १२ वटा बिद्यालयको सहभागीतामा सिकाई मेलाको आयोजना गर्दै आएका छौँ । जसबाट बालबालिकाको सिकाई स्तर, बिद्यालय उपस्थिति बृद्धि भएको र व्यक्तिगत सरसफाईमा पनि सुधार भएको छ ।
रमा मावि कालासिल्लाका प्रधानाध्यापक हरिसचन्द्र बटालाले गाँउमा कक्षा १ देखी ३ सम्मका बालबालिकाहरुको घरमा पढाई कुना र सिकाई केन्द्र संचालन गरेर पढाई कार्य संचालन गरेपछि बालबालिकाहरु पढाईको रुची बढेको र सिकाई स्तरमा पनि सुधार भएको बताए । उनले भने, पढाई कुना र सिकाई केन्द्रले बालबालिका र अभिभावक दुबै पक्षले पढाई तिर रुची राख्ने गरेको पाईएको छ । यसले बालबालिकाका लागि जिम्मेबार अभिभावक र सिकाईका लागि बालबालिकाहरुलाई सक्रिय बनाएको छ । हरेक अभिभावकले घरमा आफ्नो सन्तानका पढाईमा यसरी चासो दिदा बालबालिकाको पढाईले राम्रो गति लिने र बिदालयमा अनियमित हुने बालबालिका पनि नियमित हुन थालेका छन् ।
नरहरीनाथ गाँउपालिका अध्यक्ष नगेन्द्र बिष्टले नरहरीनाथ गाँउपालिकामा बनाईएका घरमा सिकाई कुना र सिकाई केन्द्रले बालबालिकाहरुको सिकाईमा उल्लेख्य सुधार भएको बताए । उनले भने, बालबालिकाहरुलाई सिकाई क्रियाकलापमा सक्रिय बनाउन, सिकाई स्तर बृद्धि गर्न, सरसफाईका साथै असल आनीबानीको विकास गर्न सिकाई कुना र सिकाई केन्द्र निकै उपयोगी रहेछन् । हरेक अभिभावकले आफ्ना बालबालिकाहरुको उज्वाल भबिश्यका लागि आफ–आफ्नो घरमा सिकाई कुना बनाउने पर्ने आबश्यकता महसुस गरेका छौँ । प्लान इन्टरनेशनलको यो नमुना कामलाई हामीले गाँउपालिकाबाट हरेक घरधुरीमा पढाई कुना निर्माणका लागि आबश्यक पहल लिने योजना छ । खस्कीदै गएको शैक्षिक गुणस्तर सुधारका लागि यो राम्रो बिकल्पका रुपमा हामीले लिएका छौँ ।