Loading... आजः ७ बैशाख २०८१, शुक्रबार

लोभ हुँदै थारु समुदायको लोक सस्कृति


सुर्खेत- सुर्खेतका बिभिन्न स्थानमा रहेका थारु समुदायको लोक स.स्कृति लोभ हुने अवस्थामा छ । सुर्खेतको वीरेन्द्रनगर नगरपालिकाभित्र ३८ बस्तिहरुमा रहेको थारु समुदायको कला, संस्कृती र सभ्यता लोभ हुने अवस्थामा रहेको जानकारहरु बताउछन् । समाजमा विकास भएको प्रबिधि, युवा पीढिमा देखिएको देखासिकी वस्ता कारण थारु समुदायको लोक संस्कृति संरक्षणमा चुनौती थपिएको हो ।
हिजोआज थारु बस्तीभित्रै खेतीयोग्य जमीन किनेर चिरा चिरा पारी घर घडेरी बनाएर दलालले बिक्रि बितरण गर्दा थारु बस्तिमा अन्य समुदायको बसोबास बढ्न थालेपछि अचेल थारु संस्कृती जर्गेनाका लागि होम स्टे तथा अन्य संघसंस्था, क्लवहरु बनाएर लाग्नुपर्ने अवस्था आएको बीरेन्द्रनगर नगरपालिका वडा नं. ९ तिलपुरका स्थानिय मानबिर थारुले बताए । उनले भने, याँ नयाँ संस्कृती भित्रनथालेसंगै परापुर्वकालदेखी चलिआएको थारु लोकसंस्कृति संकटमा परेको स्थानिय हो । हाम्रो लोक संस्कृति बिस्तारै बिलाएर जान्छ कि भन्ने चिन्ता छ । थारु समुदायका अगुवाहरुले २०४९ सालदेखी सुर्खेतमा आफ्नो संस्कृती जर्गेना गर्न लागि परेका छन् । तर नयाँ पीढिले पुरानो संस्कृति छाड्दै आएका छन् । थारुका बाहुल्य रहेको बस्तिहरु पनि अन्य समुदायको बसोबास बढेसँगै पातलिन थालेका छन् । हाम्रो संस्कृति संरक्षणकै लागि वीरेन्द्रनगर नगरपालिका वडा नं. ९ कालिमाटेमा हाम्रो कला संस्कृती, रहनसहन र सभ्यता झल्किने थारु संग्रहालय पनि बनाईएको छ । नवनिर्मित संग्रालयमा थारु समुदायको कलात्मक सामाग्रीहरु र संस्कृती झल्कने सामाग्रीहरु राखिने थालिएको छ ।
वीरेन्द्रनगरमा ३८ थारु गाउँमध्ये ९ नम्वर वडामा मात्रै ८ गाउँ छन् । ९ नम्वर वडामा थारु समुदाय बढी भएकाले कालिमाटेमा संग्रहालय बनाएको हो । थारु अगुवा मानबहादुर चौधरीले भने, थारुको लोक संस्कृति संरक्षणका लागि हामीले अभियान थालेका छौँ । सुर्खेतका कोल्डाँडा, तातापानी, ठउरी, फलाँटे, जैपुर, तिलपुर लगायतका बस्तिहरु अहिलेपनि थारुको बाँक्लो बस्ति छ । सुर्खेतमा झण्डै १० हजार थारु समुदायको जनसंख्या छ । तर विगतको तुलनामा समुदायहरु छरिएर बस्नु, नयाँ पीढिले पुरानो लोक संस्कृति प्रति चासो कम दिनु, थारु समुदाय भित्र अन्य समुदायको पनि घुलमिल हुने जस्ता कारण हाम्रो लोक संस्कृति ओझेलमा पर्ने अवस्था आएको छ ।
सुर्खेतमा थारु समुदायका परिकार पस्कनका लागि थारु होम स्टेहरु सञ्चालनमा छन् । यसका अलवा थारु भाषा, संस्कृती संरक्षणका लागि लखागिन थारु उत्खान मञ्च र थारु कल्याणकारी सभाले काम गरिरहेका छन् । थारु समुदायमा नाचिने विभिन्न नाचहरु, बनाईने परिकारहरु, बोलिने भाषा तथा संस्कृतीका जर्गेनाका लागि विभिन्न कार्यक्रमहरु बेलाबेलामा भईरहन्छन् । स्थानिय कालुराम थारुले भने, १२ महिना नाचिने बड्का नाच, मुरुगरौवा नाच, कठघोरी नाच, झुम्रा, हुर्दुङ्गवा नाच, झर्रा र मुङ्गरौवा नाच लोप हुने अवस्थामा रहेका छन् । विदेशी संस्कृतीको सिको र आधुनिक पढाई लेखाई र रहनसहनले थारु संस्कृती लोप हुने अवस्थामा पुगेको हो । दशैंदेखी विभिन्न महिनामा भिन्दाभिन्दै नाचहरु खास रुपमा थारु समुदायभित्र नाचिने गर्दछन् । साखीया, झुम्रा, मयूर र र्हुदंगवा, देशौरे नाच हिजोआज थारु होम स्टे लगायत सास्कृती कार्यक्रममा नाचिने नाच हुन् ।
थारु लोक संस्कृति संरक्षण गर्न माघि मेला
सुर्खेतका बिभिन्न थारु बस्तिहरुमा हिजो आज माघि मेलाहरु लागिरहेका छन् । थारु समुदायका अगुवाहरुका अनुसार माघ १ गते विशेष पर्वका रुपमा थारु समुदायहरुले मनाउने गर्दछन् । यसका लागि उनीहरु १ महिना रातीमा विशेष नाचहरु गाउँगाउँमा देखाउँछन् । माघिको समयमा आफ्ना छोरी ज्वाई नातागोताहरुलाई घरमा निमन्त्रणा गरिन्छ । मिठामिठा बिभिन्न खानेकुराका परिकारहरु पकाईन्छ । झण्डै १५ दिन अन्य कामहरु गरिन्न । आफ्ना अग्रजहरुलाई ढोक दिने, आश्रीबाद लिने गरिन्छ ।
माघको १ गते विशेष पुजा सकेर प्रत्येक थारु गाउँमा १ जना मुखिया छान्ने चलन हुने गरेको थारु समुदायका अगुवा शेरबहादुर चौधरीले बताए । पुष अन्तिम हप्ताबाट छलफल भएर माघको १ गते स्वतन्त्र रुपमा मुखिया छान्ने चलन छ । अगुवा चौधरीले भने, छानिएको मुखियाले समुदायको हितका लागि वर्षभरीको लागि योजना बनाउने लगायतका कामहरु गर्छन् । सरकारले सुर्खेतमा १९७५ ताका थारु समुदाय आएको तथ्यांक राखेपछि थारु समुदायका बुढापाकाहरु १९५० ताका आएको दावी गर्छन् । सुरुवातमा केही घरबाट सुरु भएको यहाँको थारुहरुको जनसंख्या हाल झण्डै १० हजार पुगेको छ । थारु समुदायको जनसंख्या बृद्धि भयो । थारु समुदायको बसोबास रहेका बस्तिहरु बढ्दै गएका छन् । थारुका बिभिन्न जातहरु सुर्खेतमा पाउछन् । धर्कटुवा थारु, डमाचैरे, देसाउरे, राना थारु, कठिरिया थारु, बाँटर, दनुवा थारु लगायत छन् । चौधरीले भने, दशैमा १० दिन, माघिमा १५ दिन हामी खानपिन बाहेक अन्य काम गर्दैनौँ । मौषम अनुसार बालीनालीको काम सकिएपछि दुई दिन काम गर्दैनौँ । नाच गान, खानपिन लगायतका रमाईला कार्यक्रमहरु हुन्छन् ।