Loading... आजः १३ माघ २०७९, शुक्रबार

नयाँ मन्त्रीहरुले लिए पद तथा गोपनीयताको शपथ

काठमाडौं : नयाँ मन्त्रीहरुले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन्। राष्ट्रपति विद्यादेवी भण्डारीले मंगलबार नयाँ मन्त्रीहरुलाई पद तथा गोपनीयताको शपथ ग्रहण गराएकी हुन्।

सत्ता साझेदार दलहरुबाट नेकपा एमालेबाट ४,माओवादी केन्द्रबाट ३,राष्ट्रिय स्वतन्त्र पार्टीबाट ३ र राष्ट्रिय प्रजातन्त्र पार्टीबाट ३ सांसद सरकारमा सहभागी भएका हुन्।

माओवादी,रास्वपा र राप्रपाले एक/एक राज्यमन्त्री पाएका छन्।

पुस १० गते प्रधानमन्त्री नियुक्त पुष्पकमल दाहाल प्रचण्डले ८ सदस्यीय मन्त्रिपरिषद गठन गरेका थिए।  प्रचण्डले तीन उपप्रधानमन्त्री तथा चार मन्त्री बनाएका थिए।

उपप्रधानमन्त्री एवं अर्थमन्त्रीमा विष्णुप्रसाद पौडेल,उप एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठ,उप एवं गृहमन्त्री रवि लामिछाने भए भने अन्य मन्त्रीमा दामोदर भण्डारी,राजेन्द्र राई,ज्वालाकुमारी साह र अब्दुल खान छन्।

मन्त्रालय बाँडफाँड नभएकाले उनीहरूलाई कार्यभार दिएको थिएन।