Loading... आजः ८ बैशाख २०८१, शनिबार

कर्णालीको उपसभामुखमा कालिकोटकी न्याैपाने निर्बाचित

न्याैपानेकाे राजनीतिक यात्रा- जनयुद्वमा प्लाटन कमाण्डरदेखी संसदकाे उपसभामुखसम्म

सुर्खेत : कर्णाली प्रदेश सभाको उपसभामुखका कालिकोटकी यशोदा न्यौपाने ‘पुर्णीमा’ निर्वाचित भएकी छन् । बुधबार भएको उपसभामुखको निर्वाचनमा उनी निर्वाचित भएकी हुन् । उनलाई सभामुख नन्दा गुरुङले उपसभामुखमा निर्वाचित भएको घोषणा गरेकी हुन् ।
उनको पक्षमा २४ मत आएको छ । उनका निकटतम प्रतिद्धन्द्धि नेपाली कांग्रेसकी इन्द्राकुमारी शाहीले १४ मत पाइन् ।
उनलाई कांग्रेसको मात्रै १४ मत प्राप्त भएको छ ।
निर्वाचित न्यौपानलेलाई नेकपा (माओवादी केन्द्र) को १३, एमालेको ९ र राप्रपा र नेकपा (एकीकृत समाजवादी)को १ मत प्राप्त भएको छ । पहिलाे पटक संसद बनेकी न्याैपाने प्रदेशकाे उपसभामुख बन्न सफल भईन् ।
४० प्रदेश सभा सदस्य रहेको प्रदेश सभामा ३८ जना सांसद सहभागि भएका थिए । सभामुखको निर्वाचनमा कांग्रेसलाई सघाएको समाजवादीले यो पटक सत्तारुढ गठबन्धनलाई सघाएको छ । निर्वाचित न्यौपानले माओवादी केन्द्रको केन्द्रीय सदस्य हुन् ।

माओवादीभित्र सम्भावना बोकेकी महिला नेतृमा पर्ने उनी माओवादीको कालिकोट सह–इञ्चार्ज समेत हुन् । उनी माओवादीले थालेको १० बर्षे सशस्त्र जनयुद्धमा समेत सहभागी भएकी थिइन् । ईसिएलकी पुर्व  केन्द्रीय उपाध्यक्ष र जनयुद्वकालिन अवस्थामा पलाटन कमाण्डर, कम्पनी भिसी, कम्पनी कमिसार हुदै बटालियन कमिसार समेत हुन् । उपसभामुखका लागि न्यौपानको प्रस्तावकको रुपमा माओवादीका कृष्ण जिसी र एमालेका विनोदकुमार शाह समर्थक रहेका थिए ।