Loading... आजः २ बैशाख २०८१, आईतवार

कर्णाली प्रदेशका मुख्यमन्त्री शर्माले पाए बिस्वासकाे मत

सुर्खेत : कर्णाली प्रदेशका नवनियुक्त मुख्यमन्त्री राजकुमार शर्मा ‘आर्ट’ले आज (शुक्रवार) विश्वासको मत पाएका छन् । शुक्रवार दिउँसो बसेको कर्णाली प्रदेशसभाको दोस्रो कार्यकालको पहिलो अधिवेशनको छैठौँ बैठकमा मुख्यमन्त्री शर्माले पाँच दलको विश्वासको मत प्राप्त गरेका हुन् । मुख्यमन्त्री शर्माले माओवादी केन्द्रसहित नेकपा एमाले, राप्रपा, नेकपा एकिकृत समाजवादी र स्वतन्त्रको गरी २५ मत प्राप्त गरेका हुन् । नेपाली कांग्रेसले मात्रै मुख्यमन्त्री शर्मालाई विश्वासको मत दिएन् । माओवादीका मुख्यमन्त्री शर्मा पुस २७ गते माओवादी, एमाले, राप्रपा, र नेकपा एकिकृत समाजवादी गरी २५ सांसदको समर्थनमा मुख्यमन्त्रीमा नियुक्त भएका थिए । कर्णाली प्रदेशमा कुल ४० सांसद रहेकोमा प्रदेश सभाको छैटौँ बैठकमा भने ३९ जना सांसद सहभागि भएका थिए