Loading... आजः १२ चैत्र २०७९, आईतवार

कर्णाली प्रदेश सरकारले पुर्णता पायो

बुधबार साँझ ६ बजे सफत खुवाईने

सुर्खेत- कर्णाली प्रदेश सरकारले पुर्णता पाउने भएको छ । सत्ता गठबन्धनका दलहरु नेकपा माओबादी केन्द्र र नेकपा एमालेले मंगलबार गरेको सहमति अनुसार बुधबार दुबै दलले नयाँ मन्त्री पठाएसँगै सरकारले पुर्णता पाउने भएको हो ।
कर्णाली प्रदेश सरकारमा नेकपा माओबादी केन्द्रका संसदिय दलका नेता राजकुमार शर्मा मुख्यमन्त्री र नेकपा एमालेबाट सांसद बिनोद शाह, माओबादीबाट सांसद मंगल शाही यस अघि नै मन्त्री नियुक्त भईसकेका छन् । ७ सदस्य मन्त्रीमण्डल रहेको प्रदेश सरकारमा बाँकी चार जना नयाँ मन्त्री र एक जना राज्यमन्त्रीको आज सफत हुदैछ । सांझ ६ बजे प्रदेश प्रमूख तिलक परियारको कार्यालयमा नयाँ मन्त्रीहरुलाई सफत खुवाउने कार्यक्रम तय गरिएको प्रदेश प्रमूखको कार्यालयले जनाएको छ ।

यस्तो बन्दैछ कर्णाली प्रदेश सरकार

श्रोतका अनुसार नेकपा माओबादी केन्द्रबाट राजकुमार शर्मा मुख्यमन्त्री, कृष्ण जिसी जितेन्द्र आन्तरिक मामिला तथा कानुन मन्त्री, मंगलबहादुर शाही भौतिक पुर्वाधार विकास मन्त्री, भीमप्रकाश शर्मा भुमी व्यवस्था कृषि तथा सहकारी मन्त्री र उर्मिला विस्वकर्मा भौतिक पुर्वाधार मन्त्रालय अन्तरगत राज्यमन्त्री नियुक्त भएका छन् । यस्तै नेकपा एमालेबाट बिनोद शाह आर्थिक मामिला तथा योजना मन्त्री, टेकराज पछाई सामाजिक विकास मन्त्री र जितबहादुर मल्ल उद्योग पर्यटन वन तथा बाताबरण मन्त्री नियुक्त भएका छन् ।