Loading... आजः ११ चैत्र २०७९, शनिबार

फर्जि बिल मिलाउने लेखा अधिकृत बिरुद्ध मुद्धा दायर

सुर्खेत- फर्जी विलभरपाई मिलाई आर्थिक अनियमितता गरेको आरोपमा लेखा अधिकृत सहित चार जना विरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्धा दर्ता गरेको छ । सुर्खेतको पञ्चपुरी नगरपालिकामा फर्जि बिल भरपाई मिलाई आर्थिक अनियमितता गर्नेहरु बिरुद्ध आयोगले विशेष अदातलमा मुद्दा दायर गरेको हो ।
गत आर्थिक बर्षमा पञ्चपुरी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रोमाकान्त पाण्डेयको किर्ते हस्ताक्षरसहित फर्जी विलभरपाई बनाएर रकम हिनामिना गर्ने लेखापाल मनबहादुर बुढासहित चार जना बिरुद्ध मुद्धा दर्ता भएको हो । अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उक्त बिषयमा उजुरी परेपछि अख्तियारले छानबिन गरी नगरपालिकाका लेखा अधिकृत मोहनबहादुर बुढा, न्यू रामजाली फ्रेस ढावा तन्दुरी सेन्टर एण्ड होटलका सञ्चालक भविलाल रामजाली, नगरपालिकाका अकिृत (छैटौ)ं लालबहादुर सुवेदी र अधिकृत (छैटौ) तुलसी केसी विरुद्ध मुद्दा दायर गरेको अख्तियारले जनाएको छ ।
आयोगले उनीहरुविरुद्ध विभिन्न शीर्षकमा होटलका फर्जी बिल तयार गरी रकम हिनामिना गरेको आरोपमा दुई लाख ६२ हजार रुपैयाँ जरिवाना मागदाबी गरेको छ । पञ्चपुरीका लेखा अधिकृत बुढाले होटल संचालकसँग खाली बिल लिई बिलमा किर्ते बिल भरपाई गरी भुक्तानीको लागि गोश्वारा भौचर र बैँक चेकमासमेत प्रमुख प्रशासकीय अधिकृतको किर्ते दस्तखत गरेर दुई लाख ६२ हजार ५ सय २ रुपैयाँ भुक्तानी गरेको अख्तियारको ठहर छ । होटल सञ्चालक राम्जाली लेखा अधिकृतलाई खाली विल दिई झुटटा विल भरपाई बनाउने कार्यमा मतियार भएको, अधिकृत (छैटौं) सुवेदीले झुटटा विल भरपाई बनाई गैरकानुनी लाभ वा हानी पु¥याउने बदनियतले सरकारी रकम हिनामिना गर्ने कार्यमा मतियारको काम गरेको, अधिकृत (छैटौं) केसीले शिक्षा शाखाबाट आयोजना हुने विज्ञ समुहको बैठक, परीक्षा समितिको बैठक र शिक्षा समितिको बैठकहरुको लागि लेखापाल बुढालाई झुटटा विल भरपाई बनाई रकम भुक्तानी गर्न सहयोग गरेको देखिएको हुँदा आरोपपत्र विशेष अदालत काठमाडौंमा दायर गरिएको भन्दे अख्तियारले प्रेस बिज्ञाप्ती जारी गरेको छ ।