Loading... आजः ११ चैत्र २०७९, शनिबार

कर्णालीका जनताको लागि कामदार हुँ : मुख्यमन्त्री शर्मा

सुर्खेत- कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले आफू मुख्यमन्त्री भए पनि जनताको लागि कामदार भएको बताएका छन् । प्रेस सेन्टर नेपालको १९ औं स्थापना दिवसको अवसरमा प्रेस सेन्टर जिल्ला समिति सुर्खेतले वीरेन्द्रनगरमा आयोजना गरेको कार्यक्रयलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

उनले भने ‘म मुख्यमन्त्री भएको भए पनि जनताको लागि कामदार हुँ । तपाईंहरूले मलाई काम दिनु हुने छ मैले सही ढङ्गले काम गर्ने छु ।’ मुख्यमन्त्री शर्माले देशको अवस्था र व्यवस्थालाई परिवर्तन गर्नको लागि सञ्चारको जन्म भएको बताएका छन् । मुख्यमन्त्री शर्माले व्यवस्था परिवर्तन भएपनि जनताको अवस्था अझै पनि परिवर्तन नभएको हुँदा त्यतातर्फ हामी सबै केन्द्रित हुनुपर्ने आवश्यक रहेको बताए । शर्माले सञ्चार जगतले समस्या मात्र नभई समस्याको समाधान गर्नतर्फ केन्द्रीत हुनुपर्ने पनि बताए ।