Loading... आजः ६ बैशाख २०८१, बिहीबार

कर्णाली चिनाउने कर्णाली उत्सव शुक्रबारदेखी


सुर्खेत- कर्णाली चिनाउने कर्णाली उत्सव कुडा कर्नालीका चौथो संस्करण शुक्रबारदेखी सुरु हुने भएको छ । कर्णालीको आर्थिक, सामाजिक तथा आर्थिक रुपान्त्रणका लागि गन्थन, मन्थन र चिन्तन गर्दै कर्णालीको समग्र विकास र समृद्धिको लागि बृहत छलफल हुने आयोजकले जनाएको छ । यस अगाडीका तीन वटा संस्करणबाट थप उत्साहित हुँदै चौथो संस्करण गर्न लागिएको कर्णाली उत्सव मुल आयोजक समितिका संयोजक कमल लम्सालले बताए ।
संघियताको मर्म, छाउ र भाउ, कर्णालीको खस भाषा र संस्कृति, काला पहाडका तोडा, कर्णालीको पहिचानका बिषयमा बहस गर्दै कर्णालीलाई उपेक्षित, दुर्गम र अविकासको शिकार बनाईकोमा यसलाई कसरी बदल्न सकिन्छ भन्ने बिषयमा खरो बहस हुनेछ । एत्सव मुल आयोजक समितिका संयोजक लम्सालले भने, यही फागुन ५ गतेदेखी ७ गतेसम्म सुर्खेतको बुलबुले तालमा संचालन हुने यो उत्सवमा बिभिन्न १६ वटा बिषयगत सत्रहरु, कर्णालीका हिरोहरु भनेर चिनिने पैकेलाका कथाहरु, यहाँको लोक बाजाका प्रस्तुतीहरुका साथै कर्णाली कन्सर्टका रुपमा सांसकृतिक झाँक्रिहरु पनि राखिनेछ ।
यो उत्सवमा चर्चित अनुहारहरु नेपाली कांग्रेसका महामन्त्री तथा लोकप्रिय नेता बिश्वप्रकाश शर्मा, युवा जेताहरु गेनेन्द्र शाही, सोविता गौतम, कर्णालीका हिरो पैकेलाहरु चर्चित गायक सुरज पण्डित, कोशल हमाल, खैरुन निशा, मिस पबि, वीरेन्द्रनगर सहरका योजनाकार माधवभक्त माथेमा लगायतका चर्चित अनुहारहरु सहभागी हुनेछन् । कर्णाली खेल्दोछ, यो सहर त्यो रहर, भोट भेट, शिक्षा रस्मर्पण, दलित दलिल, भोक र भोजन, रेडियोको रस, संघियताका ५ बर्ष, कर्णाली नदी प्रणाली, कर्णालीमा लगानी, रुपान्त्रण पुस्तान्त्रण, सङलो समाज सङलो राजनीति, समावेशी साशन, डिजिटल डेमोक्रेसी, कर्णालीदेखी काठ्माण्डौसम्म लगायतका बिषयबस्तुहरु उत्सवमा समावेश गरिएका छन् ।