कालिकोटको माहावैमा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु

कालिकोट- जिल्लाको महावै गाउँपालिकाको कुनीमा जिल्ला स्तरिय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु भएको छ । जिल्लाका ९ वटै स्थानीय तहबाट खेलाडी तथा खेलप्रेमीहरुको सहभागितामा कर्णाली प्रदेशका पुर्व मुख्यमन्त्री एवं प्रतिनिधि सभा सदस्य महेन्द्रबहादुर शाहीले प्रतियोगिता आईतबार उद्घाटन गरे । स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद भन्ने मुलनाराका साथ महावै गाउँपालिका कुनीस्थीत चन्द्रादेवि माध्यमिक विद्यालयमा १३ औँ जिल्ला स्तरिय राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता सुरु गरिएको हो ।
जिल्ला खेलकुद विकास समिति कालिकोटका अध्यक्ष गणेशबहादुर शाहीको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा प्रतिनिधिसभा सदस्य एवं पुर्व मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले खेल क्षेत्रको विकासका लागि सबैको सहकार्य जरुरी रहेको बताए । उनले आफु कर्णाली प्रदेशको मुख्यमन्त्री हुँदा कर्णालीका १० वटै जिल्लामा खेल पुर्वाधार निर्माणका लागि प्राथमिक्ता दिएको बताए । उनले भने, कालिकोटमा पछिल्लो समयमा खेलकुद क्षेत्रमा युवाहरुको उत्साह देखिएको छ । अब स्थानिय सरकार, प्रदेश सरकार र संघिय सरकारबाट खेलक्षेत्रको विकासका लागि सहकार्य गरी खेलाडीहरुको क्षेमता विकासमा लगानी आबश्यक छ ।
कार्यक्रममा कर्णाली प्रदेशका भौतिक पूर्वाधार तथा उर्जा जलश्रोत मन्त्री मंगल शाही, राज्यमन्त्री उर्मिला विश्वकर्मा र प्रदेशसभा सदस्य दुर्गबहादुर रावत, तिलागुफा नगरपालिका प्रमूख संकरप्रसाद उपाध्याय, महाँवै गाँउपालिका अध्यक्ष खेमबहादुर सिंह लगायतका वक्ताहरुले खेल क्षेत्रको विकासका लागि तीन वटै सरकारको सहकार्य आबश्यक रहेको बताए । उनीहरुले जिल्ला स्तरिय प्रतियोगिता शान्तिपूर्ण र निष्पक्ष बनाउन सबै सरोकारवाला पक्षहरु जिम्मेबार बन्नुपर्ने बताए ।
उद्घाटन कार्यक्रमको अवसरमा १५ सय मिटर र २ सय मिटरको दौड प्रतियोगिता सम्पन्न भएको छ । १५ सय मिटर दौडमा सान्नीत्रवेणी गाउँपालिकाका बिमल बम प्रथम, तिलागुफा नगरपालिकाका सोवन शाही द्वितीय, खाँडाचक्र नगरपालिकाका बलप्रसाद पाण्डे तृतिय भएका छन् । यस्तै महिलातर्फ खाँडाचक्र नगरपालिकाकी निशा मल्ल प्रथम, महावै गाउँपालिकाकी सुनमाया सिंह द्वितीय, नरहरीनाथ गाउँपालिकाकी अस्मिता बुढा तृतिय भएका छन् ।
२ सय मिटर दौडमा पुरुषतर्फ खाँडाचक्र नगरपालिका सविन गिरी प्रथम, पचालझरना गाउँपािलकाका कुम्मराज शाही द्वितीय, नरहरीनाथ गाउँपालिकाका प्रशान्त विष्ट तृतिय भएका छन् । महिलातर्फ तिलागुफा नगरपालिका अनमोल हमाल प्रथम भएकी छन् भने खाँडाचक्र नगरपालिक प्रमिला शाही द्वितीय, शुभकालिका गाउँपालिका रमिता भट्टराई तृतिय भएका छन् । अन्य खेलकुद प्रतियोगिता भने १६ गतेसम्म सञ्चालन हुनेछन् ।
ई-कर्णाली खबर
१५ फाल्गुन २०७९, सोमबार ०२:४१